बिहीवार सेति प्रादेशीक अस्पतालको प्रयोगशालामा ५७ जनामा कोरोना पुष्टि

कैलाली : बिहीवार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ८६ जनाको कोरोना जाँच गरीएकोमा ५७ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

कोरोना पुष्टि भएका ३४ जना पुरुष र २३ महिला हुन् ।

आज कैलाली जिल्लाका ४५ जना, कञ्चनपुर जिल्लाका ७ जना, बैतडीका २ जना, अछाम, डडेल्धुरा र बझाङका एक/एक जनामा कोरोना पुष्टि भएको अस्पताले जनाएको छ ।

Sayalb

सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका १९ जना, कैलारी गाउँपालिकाका ११ जना, गोदावरी नगरपालिकाका ६ जना, भजनी नगरपालिकाका ५ जना, जोशीपुर गाउँपालिकाका २ जना र पालिका नखुलेका १ जनामा कोराना पुष्टि भएको छ ।

त्यस्तै कञ्चनपुर जिल्लाको शुक्लफाटा नगरपालिकाका ४ जना, कृष्णपुर नगरपलिकाका ३ जना, बैतडीको पाटन नगरपालिकाका २ जना, अछामको चौरपाटी गाउँपालिका, डडेल्धुराको पर्शुुराम नगरपालिका र बझाङको जयपृथ्वि नगरपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

Shaileshwori
Loading...