शुक्रवार सेति प्रादेशीक अस्पतालको प्रयोगशालामा ३० जनामा कोरोना पुष्टि

कैलाली : शुक्रवार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ८४ जनाको कोरोना जाँच गरीएकोमा ३० जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
कोरोना पुष्टि भएका १८ जना पुरुष र १२ महिला हुन् ।
आज कैलाली जिल्लाका ११ जना, कञ्चनपुर जिल्लाका १५ जना, बैतडीका २ जना, डोटी र बझाङका एक/एक जनामा कोरोना पुष्टि भएको अस्पताले जनाएको छ ।

सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ८ जना, कैलारी गाउँपालिका, गोदावरी नगरपालिका र बर्दगोरी गाउँपालिकाका एक/एक जनामा कोराना पुष्टि भएको छ ।
त्यस्तै कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाका १२ जना, बेदकोट नगरपलिकाका २ जना, पुनर्वास नगरपालिकाका एक जना, बैतडीको सिगास गाउँपालिकाका २ जना, डोटीको पुर्विचौकी गाउँपालिका र बझाङको बुङ्गल नगरपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
