शुक्रवार देशभरका १०४४ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

शुक्रवार देशभर थप एक हजार ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरीका विभिन्न कोभिड१९ प्रयोगशालामा ७ हजार ४ सय १४ नमुनाहरुको परिक्षण गरिएकोमा एक हजार ४४ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा जम्मा कोरोना संक्रमित हुनेको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ४८ रहेको छ ।

Sayalb

आज देशभरका एक हजार २ सय ७१ जनाले कोरोना जितेका छन् । यो संगै कोरोना मुक्त हुनेहरूकोे कुल संख्या २ लाख ३२ हजार ८ सय ७२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । थप ११ जना कोरोना संक्रमितको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ७४ पुगेको छ ।

Shaileshwori
Loading...