अमेरिकामा ३ लाख संक्रमितको मृत्यु

अमेरिकामा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ ।

Sayalb

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार १९ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख २ हजार ७५० पुगेको छ ।

यस्तै त्यहाँ १ करोड ६४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ६४ लाख ३५ हजार ५८२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९५ लाख ७ हजार ४१९ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ६६ लाख २५ हजार ४१३ जनामध्ये २७ हजार ३२४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Shaileshwori
Loading...