आईतवार सेति प्रादेशीक अस्पतालको प्रयोगशालामा ४१ जनामा कोरोना पुष्टि

कैलाली : आईतवार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षणमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ८ जनाको कोरोना जाँच गरीएकोमा ४१ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

कोरोना पुष्टि भएका २८ जना पुरुष र १३ महिला हुन् ।

आज कैलाली जिल्लाका २७ जना, कञ्चनपुर जिल्लाका ९ जना र डोटीका ५ जनामा कोरोना पुष्टि भएको अस्पताले जनाएको छ ।

Sayalb

सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका २१ जना, गौरीगंगा नगरपालिकाका ३ जना, गोदावरी नगरपालिकाका २ जना र टिकापुर नगरपालिकाका १ जनामा कोराना पुष्टि भएको छ ।

त्यस्तै कञ्चनपुर जिल्लाको बेदकोट नगरपलिकाका ४ जना, शुक्लफाटा नगरपालिका र कृष्णपुर नगरपालिकाका दुईदुई जना, बेलौरी नगरपालिकाका एक जना, डोटीको दिपायल सिलगाढी नगरपालिकाका २ जना, पुर्विचौकी गाउँपालिका, आदर्श गाउँपालिका र शिखर नगरपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

Shaileshwori
Loading...