आईतवार कैलालीका थप दुई जना कोरोना संक्रमितको मृत्यु

Sayalb

कैलाली : आईतवार कैलाली जिल्लाका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–१ की ७५ वर्षीया महिला र धनगढी उपमहानगरपालिका–१ की ५५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।  गोदावरीकी ७५ वर्षीया महिलाको आईतबार बिहान र ५५ वर्षीया धनगढीकी महिलाको आईतवार दिउँसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । ७५ वर्षीया महिलामा कोरोना संक्रमणपछि निमोनिया र श्वासप्रश्वास सम्बन्धि समस्या र ५५ वर्षीया महिलामा  श्वासप्रश्वास र सुगर सम्बन्धी समस्या रहेको थियो ।

Shaileshwori
Loading...