मानव विकासमा नेपालको सुधार
मानव विकास सूचकाङ्कमा नेपालले पाँच स्थान फड्को


काठमाडौँ, मानव विकास सूचकाङ्कमा नेपालले पाँच स्थान फड्को मारेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९यूएनडीपी०ले बुधबार सार्वजनिक गरेको विश्वव्यापी मानव विकास सूचकाङ्क प्रतिवेदन २०२० मा नेपाल १४२औंँ स्थानमा आएको छ । यसअघि सन् २०१८ मा नेपाल १४७औँ स्थानमा थियो । प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचक ।६०२ पुगेको छ ।
अघिल्लो वर्ष यस्तो सूचक ०.५९६ थियो । तर राष्ट्रिय योजना आयोग र यूएनडीपीकै सहकार्यमा मङ्सिर २८ गते सार्वजनिक नेपाल मानव विकास सूचकाङ्क प्रतिवेदनले भने नेपालको सूचक ०.५८७ मात्र देखाएको थियो ।
दक्षिण एसियाली मुलुकमा नेपाल छैटाँ स्थानमा छ । सबैभन्दा अगाडि श्रीलङ्का ७२औँ स्थानमा छ । त्यसपछि माल्दिभ्स ९५औँ, भुटान १२९औँ, भारत १३१औँ र बङ्गलादेश १३३औँ स्थानमा छन् । नेपालपछि पाकिस्तान १५४औँ र अफगानिस्तान १६९औँ स्थानमा छन् । प्रतिवेदनमा १८९ देश समावेश छन् ।
प्रतिवेदनअनुसार नेपालको औसत आयु ७० वर्ष आठ महिना पुगेको छ ।
१५ वर्ष माथिको जनसङ्ख्यामध्ये रोजगारी प्राप्तको सङ्ख्या ८२.६ प्रतिशत रहेको छ । कुल जनसङ्ख्यामध्ये ६५ प्रतिशत कृषिमा आधारित रहेको प्रतिवेदनले देखाएको छ । त्यस्तै सेवा क्षेत्रमा १९।९ प्रतिशत संलग्न रहेको उल्लेख छ ।
कुल राष्ट्रिय आम्दानीका आधारमा प्रतिव्यक्ति आम्दानी तीन हजार ४५७ डलर पुगेको देखाइएको छ । सन् २०१७ लाई आधार मानेर निर्धारण गरिएको यस्तो आय सम्बन्धित देशका उपभोक्ताको खरिद क्षमतालाई विश्लेषण गरेर निक्र्योल गरिन्छ । मुद्रास्फीति नियन्त्रणमा रहेका देशहरूमा प्रतिव्यक्ति आयको तीन गुणासम्म यस्तो आम्दानी बढ्ने पाइएको छ ।
