नेतृत्व विकास तथा प्रवर्द्धन प्रशिक्षण कार्यक्रम आज बाट कैलालीमा सुरु

सरिता कठायत/पौष ४,डोटी:
नेतृत्व विकास तथा प्रवर्द्धनका लागि प्रशिक्षण कार्यक्रमको पहिलो दिन आज लम्कि चुहा नगरपालिका वडा नं ३ कैलाली सिद्वार्थ रेसोर्ट चिसापानी मा आज संचालन भएको हो । कार्यक्रम आजदेखि ७ दिन सम्म सञ्चालन हुने भएको छ । कार्यक्रममा सुदुर पश्चिम प्रदेश का पाँच वटा जिल्लाका सहभागी उपस्थित भएका छन् । सहभागी जिल्ला कञ्चनपुर ,डडेल्धुरा ,डोटी ,अछाम र बाजुरा पाँच जिल्ला बाट कार्यक्रममा सहभागी भएका छन् ।

कार्यक्रममा प्रत्येक जिल्लाबाट ६ जना उपस्थित भएका छन् । नेतृत्व विकास तथा प्रवर्द्धनका लागि प्रशिक्षण कार्यक्रममा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ( ओमन काइन्ड वर्डवाइड) को सहयोग तथा दलित महिला संघ,टेवा र मानवअधिकारका लागि महिला एकल महिलाको साझेदारीमा सञ्चालित नेपालका लागि सिमान्तकृत महिलाको आवाज तथा सहभागीता परियोजना नेतृत्व विकास तथा प्रवर्द्धनका लागि प्रशिक्षण कार्यक्रमका प्रशिक्षक गणेश बि.क ले यस तालिम लाई प्रभावकारी बनाउन यो तालिमको उदेश्य रहेको बताउनु भएको छ ।
यसैगरी कार्यक्रममा बाल्दै प्रशिक्षक दुर्गा सोपले तालिम बाट सिकेको कुरा सबै जिल्लाका सहभागी हरूले दिगो बनाउनका लागि यो तालिमको आयोजना गरेको र यस तालिम बाट सहभागी सबैले सरल तरिकाले बुझेर समुदायमा गएर नेतृत्व गर्ने सिपको विकास हुने बताएकी छन् ।
