सोमवार सेति प्रादेशीक अस्पतालको प्रयोगशालामा ९ जनामा कोरोना पुष्टि

कैलाली : सोमवार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८४ जनाको कोरोना जाँच गरीएकोमा ९ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
कोरोना पुष्टि भएका ४ जना पुरुष र ५ महिला हुन् ।

आज कैलाली जिल्लाका ७ जना, कञ्चनपुर जिल्ला र डडेल्धुराका एकएक जनामा कोरोना पुष्टि भएको अस्पताले जनाएको छ ।
सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ६ जना, कैलारी गाउँपालिका, कञ्चनपुरको बेल्डाडी गाउँपालिका र डडेल्धुराका एकएक जनामा कोराना पुष्टि भएको छ ।
