नेपाललाई अध्यक्ष तथा महरा स्थायी कमिटी सदस्यमा चयन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल खेमाको आज बबरमहलमा भएको बैठकले पार्टी अध्यक्षमा माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको छ । सो कुराको जानकारी बैठकपछि नेता नारायणकाजी श्रेष्ठले दिनुभयाे । त्यस्तै, कृष्णबहादुर महरालाई स्थायी कमिटीको सदस्यमा चयन गरेको छ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक सम्पन्न भएको हाे । बैठकले संविधानले नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरिएको कदम निरंकुश, प्रतिगामी र स्वेच्छाचारी कदम भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । आजको बैठकमा ३१५ जना केन्द्रीय सदस्य उपस्थित भएको समेत नेता श्रेष्ठले जानकारी दिनुभयो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको बैठक पार्टीलाई चौइटाउन खाेजेकाे ठहर गरेको उहाले बताउनुभयो । पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालले पार्टीलाई कमाजोर बनाउन खोज्ने विरुद्व एकजुट भएर अगाडि बढने बताउनु भएको उहाँले जानकारी दिनुभयो । साथै बैठकले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई कारवार्ही गर्ने समेत निर्णय गरेको प्रवक्ता श्रेष्ठले पत्रकारहरुलाई जानकारी दिनुभयो । बैठक आज दिउसो २ बजेबाट बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको थियो । अर्काे बैठक पुस ९ गते ११:३० बजे पुन बस्ने उहाँले जानकारी दिनुभयाे ।
गोरखापत्र बाट शाभार