कैलालीबाट वेपत्ता भएका २ बालक कञ्चनपरमा भेटिए, २ को अवस्था अज्ञात

कैलाली : आइतवार देखी बेपत्ता भएका कैलालीका दुई बालक फेला परेका छन् । आइतबार घरबाट विद्यालय जान्छु भनि हिडेका गोदावरी नगरपालिकाका ४ बालक बेपत्ता भएका थिए । बेपत्ता भएका गोदावरी नगरपालिका–२ का दिपक साउँद र प्रकास साउँद मंगलबार कञ्चनपुरको महेन्द्रनगर बसपार्कमा फेला परेको प्रहरीले जनाएको छ ।

Sayalb

उनीहरुसँगै वेपत्ता भएका गोदावरीकै पुष्कर भट्ट र दिपक बोहराको अवस्था भने अझै अज्ञात छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बसपार्कमा भेटिएका दुवै बालकलाई परिवारको जिम्मा लगाइएको बताएका छन् ।

Shaileshwori
Loading...