बरफले ढाकिएको अन्टार्टिका महादेशसम्म फैलियो कोरोना

एजेन्सी / कोरोना (कोभिड–१९) महामारी अन्टार्टिका महादेशमा पनि फैलिएको छ। यो महादेश अहिलेसम्म कोरोनाको चपेटाबाट बचेको थियो ।

अन्टार्टिका महादेश बरफले ढाकिएको छ । यसैको प्रायद्विपमा रहेको बर्नार्डो ओहिगिन्स रिसर्च स्टेशनमा रहेको ३६ जनामा कोरोना संक्रमण भएको हो ।

चिली सेनाले अन्टार्टिकामा कोरोना फैलिएको पुष्टि गरेको छ । त्यहाँ रहेका संक्रमितमध्ये २६ जना सैनिक भएको र १० जना मर्मतसम्भारमा संलग्न कर्मचारी भएको बताइएको छ । संक्रमित सबैलाई चिलीमा फर्काइएको छ ।

यो खबर पुष्टि भएसँगै अब विश्वका ७ वटै महादेशमा कोरोना फैलिएको थाहा भएको छ ।

Sayalb

सरहेन्तो आल्दिया नाम गरेको जहाज नोभेम्बर २७ मा अन्टार्टिकामा रहेको सो स्टेशनमा पुगेको र डिसेम्बर १० मा फर्किएको थियो ।

चिलीको टेलकुआनो शहरस्थित नौसेनाको अखडाबाट निस्केको या जहाजका तीन जना चालकदल सदस्यमा कोरोना पोजिटिभ देखिएको थियो ।

सो रिसर्च स्टेशन अन्टार्टिकामा रहेका ४ वटा स्थायी शिविरमध्ये एक हो। स्टेशनलाई चिली सेनाले सञ्चालन गर्दै आएको छ ।

चिली दक्षिण अमेरिकामा कोरोनाबाट बढी प्रभावित मुलुकको छैठौं स्थानमा छ। त्यहाँ अहिलेसम्म ५ लाख ८५ हजार मानिस संक्रमित भइसकेका छन् ।

अन्टार्टिका क्षेत्रमा अनुसन्धान गरिरहेको बेलायती संस्था ब्रिटिस अन्टार्टिक सर्वेले कोरोना भाइरसका कारण गत अगस्टदेखि नै त्यहाँ काम घटाएको थियो ।

Shaileshwori
Loading...