कैलालीमा नेतृत्व विकास तथा प्रवर्द्धनका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न

सरिता कठायत/डोटी : कैलालिमा नेतृत्व विकास तथा प्रवर्द्धनका लागि प्रशिक्षण कार्यक्रम समापन भएको छ ।

जिल्लाको लम्कि चुहा नगरपालिका वडा नं ३ सिद्वार्थ रिसोर्ट चिसापानी प्रशिक्षण सुरु भएको हो । कार्यक्रम शनिबार देखी सुरु भई ७ दिन सम्म सञ्चालन भएको हो । कार्यक्रममा सुदुर पश्चिम प्रदेश का पाँच वटा जिल्लाका सहभागी उपस्थित भएका थिए ।

Sagan sahari bhawan nirman aayojana

कार्यक्रममा कञ्चनपुर ,डडेल्धुरा ,डोटी ,अछाम र बाजुरा लगाएत पाँच जिल्ला बाट सहभागी भएका थिए । कार्यक्रममा प्रत्येक जिल्लाबाट ६ जना उपस्थित भएका थिए । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (ओमन काइन्ड वर्डवाइड) को सहयोग तथा दलित महिला संघ,टेवा र मानवअधिकार का लागि महिला एकल महिलाको साझेदारीमा सञ्चालित नेपालका लागि सिमान्तकृत महिलाको आवाज तथा सहभागीता परियोजना नेतृत्व विकास तथा प्रवर्द्धनका लागि प्रशिक्षण कार्यक्रमका सुरु गरीएको हो ।

कार्यक्रम बाट एकल महिला तथा सिमान्तकृत महिलाहरूको हक हितको लागि यो तालिम को आयोजना गरेको यस सात दिने तालिमका प्रशिक्षक डाक्टर संगराम लामाले बताउनुभयो । यसै क्रममा प्रशिक्षक गणेश विकले सुदुर पश्चिम का पाँच जिल्लाका सहभागी हरूले आ आफ्नो जिल्लामा रहेको स्थानीय तहका महिला जनप्रतिनिधिहरूलाई दक्ष जन शक्ति बढाउन यो तालिमको आयोजना गरिएको बताएका छन् ।

यस तालिमको उदेश्य जनप्रतिनिधि तथा सिमान्तकृत महिलाहरुको क्षमता अभिवृद्धि गराउने मानवअधिकारका लागि महिला एकल महिला समुहकी कार्यक्रम बरिस्ठ प्रवन्धक उपास्ना राणाले बताइन्

Shaileshwori
Loading...