भीम रावल समूहद्वारा नेकपा सुदूरपश्चिमको खाता कब्जा, झिकियो ३० लाख

धनगढीः नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिमको बैँक खातामा रहेको ३० लाख रुपैयाँ प्रचण्ड–नेपाल समूहले झिकेको छ।

पार्टी एकतापछि नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्णबहादुर थापा, प्रदेश सचिव नेपबहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको नाममा कृषि विकास बैँकको धनगढी शाखामा रहेको संयुक्त खाताबाट ३० लाख झिकिएको आरोप लगाइएको हो।

नेकपा ओली समूहका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले पार्टी इन्चार्ज भीम रावलको ठाडो निर्देशनमा पार्टीको सम्पत्ती एकलौटी रुपमा अध्यक्षलाई कुनै जानकारी नदिएर झिकिएको आरोप लगाए।

‘पार्टीको सम्पत्ती नासमास गर्न कसैले पनि पाउँदैनन्,’‘यो निकै अपराधिक काम भएको छ। मैले पार्टी विभाजनको अवस्थामा पुगेपछि बैँकका म्यानेजरलाई समेत यस्तो परस्थितीमा निकासा नदिन अनुरोध गरेको थिए। तर अहिले बुझ्दा प्रदेश सचिव चौधरी र कार्यालय सचिव सुवेदीले हस्ताक्षर गरेर खातामा रहेको ३३ मध्ये ३० लाख त्यहाँबाट गायब पारिएको छ।’ भनि दिनेशखबरले लेखेको छ ।

Sayalb

थापाले प्रचण्ड–नेपाल समूहका इन्चार्ज भीम रावलको निर्देशनमा सबै काम भएको आरोप समेत लगाएका छन्। ‘भीम रावलको निर्देशनमा सबै काम भएको छ। त्यो अपराधपूर्ण काम हो। कुनै पनि हालतमा यसलाई छोड्नेवाला छैनौँ,’ उनले भने, ‘यो कुन राजनीतिसँग मेल खान्छ रुपार्टीमा राजनीतिक हिसाबले चलेको विवाद एकखालले सामाधान होला।’

उनले बैँकका कर्मचारीमा समेत रकम झिक्ने कार्यमा संलग्नता भएको दाबी गरेका छन्। खाताबाट रकम झिकिएको विषयमा नेकपा सुदूरपश्चिमका सचिव नेपबहादुर चौधरीसँग प्रतिक्रिया माग्दा उनको फोन उठेन भने कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको फोन उनकी श्रीमतीले उठाईन्।

मलाई गालीगलौज गर्नू निकृष्ट कुरा हो :रावल

नेकपा सुदूरपश्चिमका इन्चार्ज भीम रावलले भने पार्टी अध्यक्ष, सचिव र कार्यालय सचिव गरि तीनजना मध्ये कुनै दुई जनाको नामबाट खाता सञ्चालन भएको बताएका छन्।

‘अध्यक्ष, सचिव र कार्यालय सचिवका नाममा खाता हो। अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपा नै बहुमत प्राप्त पार्टी भएको सबैलाई थाहा छदैछ,’ । अब आधिकारिक पार्टीको खाता सञ्चालन उहाँहरुले के प्रयोजनका लागि गर्नुहुन्छ रु रकम चलाउने, पत्राचार गर्ने, त्यो उहाँहरुको अधिकारको कुरा हो। त्यसमा मलाई गालीगलौज गर्नू भनेको निकृष्ट कार्य हो।’

Shaileshwori
Loading...