परीक्षा अव्यवस्थित हुँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ

कतिपय विद्यालयले विद्यार्थीलाई पूर्णांकभन्दा बढी नम्बर दिए

Sayalb

परीक्षा अव्यवस्थित भएका कारण कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ । नतिजा प्रकाशन गर्न अझै दुई हप्ताजति लाग्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

कतिपय विद्यालयले विद्यार्थीको माक्र्सफाइल भद्रगोल बनाएको, एउटा विषयको उत्तरपुस्तिका अर्कै विषयमा राखेर पठाएको तथा उत्तरपुस्तिका क्रमसँग नराखेका कारण नतिजा प्रकाशनमा केही ढिलाइ हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो । तर, कतिपय विद्यालयले आन्तरिक परीक्षामा पनि विद्यार्थीलाई पूर्णांकभन्दा बढी नम्बर दिएका छन् भने आन्तरिक मूल्यांकनमा पनि तोकिएकोभन्दा बढी नम्बर पठाएका छन् ।

त्यस्तै, धेरै विद्यालयले परीक्षालाई व्यवस्थित बनाउन नसकेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले बताए । ‘विद्यालयले भद्रगोल तरिकाले पठाएकाले नतिजामा पनि ढिला हुने भयो,’ उनले भने । उत्तरपुस्तिका र विद्यार्थीको माक्र्सफाइलमा सिम्बोल नम्बर क्रमगत रूपमा नमिलाउँदा बोर्डले धेरै समय नम्बर इन्ट्रीमा खर्चिनुपरेको छ । करिब चार लाख ३० हजार विद्यार्थीको सबै विषयमा गरी २२ लाख नम्बर इन्ट्री गर्नुपर्ने बोर्डका पदाधिकारीको भनाइ छ । यति धेरै सिम्बोल नम्बर पढ्दै इन्ट्री गर्दा निकै समय लागेको अध्यक्ष पौडेलको भनाइ छ ।

बोर्डबाट ४० प्रतिशत मात्रै मूल्यांकन
परीक्षा बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिएको हो । त्यसैगरी ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधार लिइने र २० प्रतिशत आन्तरिक मूल्यांकन हुनेछ ।

देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमध्ये ६ सय १७ मा प्रश्नपत्र छपाइ गरी पु¥याएको थियो भने अन्यमा इमेलमार्फत प्रश्नपत्र पठाएको थियो । कोभिड– १९ का कारण यस वर्षको परीक्षामा पूर्णांक र समय घटाएर परीक्षा सञ्चालन गरिएको थियो । कक्षा १२ को परीक्षामा सहभागी हुने सबै विद्यालयमा होमसेन्टर कायम भएको थियो ।

यस वर्षको कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख ३३ हजार दुई सय परीक्षार्थी सहभागी हुन आवेदन गरेका थिए । यसअघि ८ वैशाखबाट सञ्चालन हुने तय भएको भए पनि कोभिड– १९ का कारण त्यतिखेर स्थगित भएको थियो ।

Shaileshwori
Loading...