शनिवार सेति प्रादेशीक अस्पतालको प्रयोगशालामा १३ जनामा कोरोना पुष्टि

कैलाली : शनिवार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षणमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ९८ जनाको कोरोना जाँच गरीएकोमा १३ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
कोरोना पुष्टि भएका ९ जना पुरुष र ४ महिला हुन् ।

आज कैलाली जिल्लाका ३ जना, कञ्चनपुर जिल्लाका ९ जना, बैतडीका एक जनामा कोरोना पुष्टि भएको अस्पताले जनाएको छ ।
सुचना अधिकारी श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ३ जना, कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकाका ९ जना र बैतडीको पञ्चेश्वरका एक जनामा संक्रमण पुष्टि भएको छ ।
