सर्वोच्चलाई सभामुखको जवाफ : प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन

Sayalb

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतलाई जवाफ फर्काएका छन्। सभामुख सापकोटाले लिखित जवाफ फर्काएका हुन्।

‘उहाँले आज सर्वोच्चलाई आफ्नो लिखित जवाफ फर्काउनुभएको छ। अर्को सरकार गठन गर्न सक्ने अवस्था हुँदाहुँदै प्रधानमन्त्रीलाई संसद विघटन गर्न पाउने अधिकार संविधानले दिएको छैन’, सभामुख सचिवालय स्रोतले भन्यो।

प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेपछि १० गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सभामुख सापकोटासँग जवाफ मागेको थियो।

Shaileshwori
Loading...