बैतडीमा ट्रयाक्टर दुर्घटना : एकजनाको मृत्यु, दुई घाइते

291
Shaileshwori

बैतडी: सिगास गाउँपालिका–९ बाजपानीमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।

डडेल्धुराबाट बझाङतर्फ गइरहेको अनटेस्ट ट्रयाक्टर आइतबार राति २ बजे खोडपे बझाङ सडकखण्डको बाजपानीमा दुर्घटना भएको हो। दुर्घटनामा परिबझाङको बित्थडचिर गाउँपालिका–४ का ४० वर्षीय जितबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बित्थडचिर–५ का ट्रयाक्टर चालक ३२ वर्षीय नरेन्द्र महरा र बित्थडचिर–४ का २० वर्षीय कृष्ण बोहरा घाइते भएको खोडपे प्रहरी चौकीले जनाएको छ।

ट्रयाक्टर सडकबाट १७८ मिटर तल खसेको खोडपे प्रहरी चौकीका चन्द्रदेव भट्टले जानकारी दिए। दुर्घटनाको कारण खुल्न सकेको छैन।
चालक महराको दुवै खुट्टा भाँच्चिएको छ। कृष्ण बोहराको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि डडेल्धुरा लगिएको र मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको छ।

Sujang New
Leave A Reply

Your email address will not be published.