पार्टी एकता जोगाउन वामदेव गाैतमले देशव्यापी अभियान चलाउने

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपा औपचारिक रूपमा विभाजन हुन मात्र बाँकी रहँदा उपाध्यक्ष वामदेव गौतम भने अझै पार्टी एकताकै पक्षमा उभिरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले तल्लो तहसम्म बेग्लाबेग्लै बैठक र भेला गरिरहेका छन्। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा भंग गरेपछि नेकपा अनौपचारिक विभाजन भएको हो। तर, दुवै पक्ष अझै पार्टी विभाजनको जस लिन तयार छैनन्।

प्रतिनिधि सभा विघटनको विपक्षमा रहेको उनको तर्क छ। यसको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले र सर्वोच्चको फैसलाअघि वा पछि पनि एकता सम्भावना जीवित रहने उनले बताउँदै आएका छन्।

देशभर एकता अभियान

पार्टी एकता जीवितै राख्न गौतम संगठित रुपमै एकता अभियान बढाउने तयारी थालेका छन्।

Sayalb

यो अभियान चलाउन प्राविधिक कामको तीव्र तयारी पारिएको उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले बताए। ुअवधारणा पत्रहरू पनि पनि छाप्ने काम भइरहेको छ,ु उनले भने, ुउहाँले ९वामदेव० एकता अभियानका लागि देशभरबाट जोड्न आग्रह गरिराख्नुएको छ।

यस अभियानमा जोडिने हजारौँ कार्यकर्ता आइरहेका पनि उनले बताए। ुपार्टी एकताका लागि एकता राष्ट्रिय अभियानको केन्द्रीय कमिटी निर्माण हुन्छ,ु उनले बताए। पार्टी एकताका लागि देशव्यापी रुपमा तयारी गरेर केही दिनमै कार्यक्रम घोषणा हुने उनले बताए।

पार्टीभित्र मध्यमार्गी भूमिका

पार्टीभित्रको यसअघिको विवाद क्रममा उपाध्यक्ष गौतमले मध्यमार्गी भूमिका निर्वाह गरिरहेका थिए। यसअघिको विवादमा पनि उपाध्यक्ष गौतमले ६ बुँदे प्रस्ताव ल्याएर केही मत्थर बनाएका थिए।

तर, भदौ २६ गतेको स्थायी कमिटी बैठकपछि देखिएको विवादमा पनि उपाध्यक्ष गौतमले केही समय अध्यक्ष दाहाल पक्षलाई समर्थन गरेका थिए। तर, उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकमा अबको प्रधानमन्त्रीको रुपमा या पार्टी अध्यक्षको लोभ देखाएपछि उनी पुनः अध्यक्ष दाहाल खेमाबाट ब्याक भएका थिए।

Shaileshwori
Loading...