थलारा गाउँपालिकाको स्थानीय खाद्य सञ्जाल टोली द्वारा मुक्त हलिया बस्तीको अनुगमन

शिवजी मण्डेल 
बझाङ: थलारा गाउँपालिका स्थानीय खाद्य सञ्जालको अनुगमन टोलीले थलारा गाउँपालिका वडा नं ८ बिस्खेत स्थित मुक्त हलिया वस्तीको अनुगमन गरेको छ ।

Sayalb

थलारा गाउँपालिका वडा नं ८ बिस्खेत स्थित मुक्त हलिया बस्तीमा १८ परिवार मुक्त हलियाका १ सय ७ जनसंख्या रहेको र त्यस बस्तीमा कयौको घरको लालपुर्जा नरहेको र लालपुर्जा भएको बस्ती पनि पहिरोको उच्च जोखिममा रहेकाले तत्काल पहल गरिदिन मुक्त हलिया सञ्जालका सदस्य पदम दमाईले बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत ओलीले हलिया मुक्त बस्तीको तटबन्धका लागि प्रदेश सरकार सँग सिफारिस गर्ने बताउनु भयो ।
त्यस्तै वडा अध्यक्ष सिंहले मुक्त हलिया बस्तीमा सामुदायिक भवनको लागि आगामी वर्षमा बजेट विनियोजन गर्ने धारणा व्यक्त गर्नु भएको हो ।

गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष दिल बहादुर सिंहको अध्यक्षतामा गरिएको उक्त कार्यक्रममा थलारा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पदम ओली प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा सहयोगी संस्था फियान नेपालकि कार्यक्रम अधिकृत सीता सिंहले कार्यक्रम सञ्चालन र अभिमुखीकरण गर्नु भएको थियो ।

Shaileshwori
Loading...