न्यायाधीश कार्की इजलासबाट बाहिरिएपछि एक साता सर्यो सुनुवाइ
काठमाडाैं : संसद विघटनविरुद्को मुद्दाको सुनुवाइ फेरि एक सातालाई सरेको छ। न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने बताएपछि सुनुवाइ स्थगन भएको हो। अर्को पेसी पुस २९ गतेलाई तोकिएको छ।
वरिष्ठ अधिवक्ता शम्भु थापाले न्यायाधीश कार्की इजलासमा बसेपछि प्रश्न उठाएका थिए। उनले विगतमा प्रधानमन्त्री केपी ओलीकै सल्लाहकार भएकाले संवैधानिक इजलासमा कार्कीबारे प्रश्न उठाएका हुन्।