डोटीमा भालुको आक्रमणमा परि दुई जना घाईते

डोटीमा भालुको आक्रमणमा परि दुई जना घाईते भएका छन् । जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर -१ का ८४ वर्षिय राम बहादुर खड्का र निजकी ५ वर्षिया नातिनी सरस्वती खड्का भालुको आक्रमण बाट घाइते भएको स्थानीय कृष्ण खड्काले बताए ।
बिहिवार दिउँसो साढे २ बजेको समयमा खेतबारीको काम सकेर घर फर्किदै गरेको अवस्थामा उनिहरुलाई भालुले आक्रमण गरेको खड्काले बताए ।

दुवैको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार भैरहेको स्थानिय तिर्थ खड्काले जानकारी दिए । उनिहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
यसरी दिउँसै भालुले मानिसलाई आक्रमण गर्न थाले पछि स्थानिय त्रसित भएका छन् । यो भन्दा पहिला पनि भालुको आक्रमणबाट दुई जना घाईते भएको बताउदै स्थानियले भालुलाई स्थानिय प्रशासन तथा प्रहरीले नियन्त्रण गर्नु पर्ने माग गरेका छन् ।
