भ्रष्टलाई भोट नहाल्नुस्, बाँकी म जिम्मा लिन्छु: प्रधानमन्त्री

काठमाडौं: नेकपा ओली पक्षले गरेको भेलालाई सम्बोधन गर्न कैलालीको धनगढी पुगेका प्रधानमन्त्री ओलीले देश विकासमा आफ्नो सरकारले अरु सरकारभन्दा बढी काम गरेको दाबी गरेका छन्।

आज २ बजेर ४५ मिनेटमा धनगढीमा सम्बोधन सुरु गरेका प्रधानमन्त्री ओलीले भाषणको सुरुमा ​सुदूरपश्चिम प्रदेशको खुलेर तारिफ गरेका छन्।

Sayalb

सुदूरको चर्चा गर्दै उनले प्राकृतिक स्रोतको चर्चा गरेका थिए। सुदूरसँगै नेपाल पनि पछि परेको उनले बताए। सुदूरलाई पछि पार्ने कुनै तागत कसैको अब नहुने उनले बताए। ुयहाँका मान्छे भारत गएका छन्। नेपालीका रगत पसिनाले थुप्रै देश बनेको छ, सुदूरमा अशिक्षा र गरिबीको समस्या स्वास्थ्य र रोजगारीका समस्या छन्, सुकुमबासीका र सिँचाइका समस्या छन् यो मैले बुझेको छु,ु उनले बताए।

चाँदनी दोधाराका लागि शारदा नदीबाट पानी छाड्ने योजना भारतसँग गरेको सुनाउँदै सिँचाइको समस्या समाधान हुने आश्वासन दिए। कञ्चनपुर र कैलाली मात्र नभै यस प्रदेशमा असाधारण लाभ हुने उनले बताए।

पञ्चेश्वर परियोजना पनि अघि बढाइने उनले बताए। गेटा मेडिकल कलेज र मेडिकल कलेज विश्वविद्यालयको काम बढाइएको उनले बताए। अत्तरिया धनगढी बाटो बेलैमा अघि बढाइने उनले आश्वास दिए। राति उडान भर्न सक्ने गरी व्यवस्था हुने बताए। गौरीफन्टा नाका व्यवस्थापन गर्न भारतसँग वार्ता गरिने र त्यस सम्बन्धमा ध्यान दिइने उनले बताए।

सेती लोकमार्ग र महाकाली करिडोरको काम बढिरहेको पनि उनले जनाए। छाङ्रुसम्मको बाटो मोटरेबल हुने पनि उनले बताए। बैतडीमा चरेस खानी पत्ता लागेकाले विकास गरिने बताए।

विभिन्न कारणले गर्दा मन्त्रालय अगाडि बढ्न नसकेकाले ढिलो गतिमा काम भएकाले अब पश्चिम सेतीलाई अब भने बढाइने उनले बताए। सकेसम्म निकट भविष्यमा बढाइने उनले बताए।
पछिल्लो समय देशमा विकास बढेको भन्दै सरकारले कालोपत्रे सडक बनाउन निकै ध्यान दिएको बताए। अहिलेसम्म ४५ सय भन्दा बढी किलोमिटर बाटो बनाएका उनले दाबी गरे।

मुख्य रूपमा आफ्नो उद्देश्य नै देश विकास भएको उनको भनाइ थियो। भ्रष्टाचारको अन्त्य गर्ने र सभ्य देश बनाउने उनले बताए। पार्टी छाडेर हिँडेका केही भगौडाको कुरा नसुन्न उनले आग्रह गरे।

बाटोमा बसेर हामी यहाँ छौ भनेका उनीहरु पार्टीको बैठकमा नआएर सभ्यता उनीहरुमा नभएको बताए। प्रचण्ड नेपालका कार्यकर्ता गाली गलौज गरेर हिँडेका उनले आरोप लगाए।

आफूहरु गाली गलौजमा हिँडे पनि आफूहरु देश विकासमा लागिपरेको उनले दाबी गरे। कृषिमा रोजगारीमा सरकार लागिपरेको बताउँदै नेपालमा नै सरकारले रोजगारी खोज्ने ध्याउन्नमा लागेको बताए।

हरेक नेपालीले स्वास्थ्य उपचार निशुल्क पाउनुपर्नेमा उनले जोड दिए। यस्तो कृषि प्रधान देशमा बाहिरबाट किनेर खानुपर्ने भएकाले यसको समाधानका लागि सरकार लागिपरेको उनले जनाए।

केन्द्रीय कमिटीको बैठकमा बाटामा गएर हामी यहाँ छौँ रे, कहाँ गए भनेको त। उहाँहरुका समर्थक भनिएका, कार्यकर्ता, नेता भनिएका मान्छेहरु हामीलाई गालीगलौज गरेर हिँडेका छन्। हामीलाई फुर्सद छैन। हामीलाई काम गर्नुछ,ु उनले प्रचण्ड–नेपाल पक्षप्रति लक्षित गरी बताए।

रोजगारी खोज्नमा खाडी, पन्जाब र उत्तराखण्ड हैन नेपालमै खोज्ने ध्याउन्न आफूहरुको भएको बताए। ुहामी हरेक नेपालीका छोराछोरी पढ्न पाउनुपर्ने व्यवस्था हुनुपर्छ, हामी त्यसमा लागेका छौँ। स्वास्थ्य उपचार पाउनुपर्ने व्यवस्थामा लागेका छौँ। यस्तो हराभरा देशमा अन्यत्रबाट खानेकुरा झिकाउने पठाउने ध्याउन्नमा लागेका छौँ, आफूले उपभोग गरेर नसकेको बस्तु बाहिर निर्यात गर्ने विदेशी मुद्रा ल्याउँछौं, उनले बताए।

नाकाबन्दीविरुद्ध साथ नेपाली जनताको रहेको भन्दै उनले त्यही अडानले आफूहरुले त्यसलदाई परास्त गरेको बताए। मुस्ताङको नाका हामीले यस वर्ष खोल्दैछौँ। कैलाश मानसरोवर जाने बाटो बनाउँदै छौँ। भारतसँगको हाम्रो सम्बन्ध, आफ्ना अधिकार सुरक्षित राखेर हाम्रो भूमि सुरक्षित राखेर लिम्पियाधुरा, कालापानीलगायत भूमि, त्यसलाई समेटेर नक्सा जारी गर्यौँ, उनले दाबी गरे।

कहिल्यै एकमत नभएको संसद त्यसबेला एक भएको भन्दै उनले केहीलाई छटपटी भएको भन्दै नेपालको भूमि समेटेर नक्सा ल्याउँदा यही प्रदेशको मान्छेलाई टाउको दुखेको पनि टिप्पणी गरे।

देशमा संकट देखापरेको छ। संविधान, व्यवस्था, संघीयता जाने भयो भनेर कराइरहेका छन्, ५० वर्षअघि गणतन्त्रका लागि मैदानमा उत्रिने अरु कोही थियोरु मै हैन, ओली गणतन्त्रवादी हैन भनेर बोल्ने मान्छे बाटोमा भेटेर ल्याएर राजनीतिकरण गरेको हैनरुु उनले प्रश्न गरे।

पिलोको कुरा दोहोर्याउँदै दुई चार जना पिलो निचोरिएझैँ निचोरिँदैमा मान्छे कमजोर नभएको बताए। देशलाई समृद्ध बनाइछोड्ने उद्देश्य कमजोर नहुने र तीन करोड मान्छेमा कति जना गए भन्ने ठूलो कुरा नभएको जिकिर गरे।

उनले अघि भने

म नेताहरुलाई भन्न चाहन्छु, जनताका लागि उभिएर भन्नुस मलाई यसै गरी सोध्नुस् तपाइँका माथि माथि टुप्पामा पुगेका कसकस्का आफन्त कहाँ कहाँ छन् मैले भनिरहनु पर्दैन। यो पार्टीको अध्यक्ष म नयाँ पार्टी, नयाँ एकिकरण थालेर आएको। काम लाग्छ कि भनेर प्रचण्डलाई पनि पार्टीमा ल्याएको थिएँ।

धेरै स्याम्पु पानी सिध्दियो। तर जस्ताको त्यस्तै। बानी, उदेश्य, विचार प्रवृत्ति मति जस्ताको त्यस्तै। लाटो कोसेरो झलल घाम लाग्यो भने आँखा चिम्लिन्छ। अध्यारोमा हिँड्ने उज्यालोमा टिक्न सक्दैन। यहाँ अन्धकारमा ज्योती छरिन्छ। त्यसकारण यहाँ लाटेकोसेरोहरु टिक्न सक्दैनन्।

संसद विघटन असंवैधानिक भनेर हल्ला चलाइरहेका छन्। म तिनीहरुलाई संविधान दोहोर्याएर पढ्न आग्रह गर्दछु।

६४ प्रतिशतको सर्वसम्मतको प्रधानमन्त्री मै हो मैले विघटन भइसक्यो भनेपछि अब प्रतिनिधिसभा चुनाव बाट आउँछ। केपी अ‍ोलीले चुनाव गराउँदैन भनिरहेका छन्। म फेरी भन्छु चुनाव बैशाख १७ र २७ गते नै हुन्छ। चुनाव दुई चरणमा तोकेको छु। वैशाख १७ गते शुक्रबार २७ सोमबार दुई दिन हुन्छ। चुनाव हुन्छ। चुनावमा लाग्नुस्।

खराबतत्वहरुलाई गाउँमै ठेगान लगाउनुस् यहाँबाट गए भने माथि हैरान खेलाउँछन्। भ्रष्टतत्व, देशद्रोहीहरुलाई गाउँबाटै ठेगान लगाउनुस् तपाईंहरुले केही गर्नुपर्दैन भोट नहाले पुग्छ।

देशका लागि मर्न तयार हुने, देशका लागि काम गर्ने त्यस्तालाई जिताएर पठाउनुस्। मैले हस्ताक्षर गरेर उठाएको उम्मेदवारको जिम्मा म लिन्छु। देश विकासको जिम्मा म लिन्छु।

Shaileshwori
Loading...