सुर्यमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३औ बार्षिक साधारण सभा सम्पन्न
तेजु ओली/डोटी: सुर्यमुखी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । दिपायल सिलगढी नगरपालिका का प्रमुख मन्जु मलासी को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाको वार्षिक कार्यक्रम तथा बजेट पारित भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख मलासीले संस्थाले गरेको योगदानको कदर गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो ।
संस्थाका संचालक समितिका अध्यक्ष लोक बहादुर बोहराले चालु आव ०७६र७७मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतिको बारेमा जानकारी गराउनु भएको थियो। गत बर्ष कोआय व्यय ४७ लाख बराबरको कारोबार भएको जनाएको छ ।
संस्थाल जिल्लको समग्र जिल्लाको बिकास आर्थिक बिकासमा, चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, मुनाफा आर्जन, नेपाल सरकारलाई राजश्वमा गरेको योगदान, रोजगारीलगायत अन्य विविध क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरूमा समेत अग्रणी स्थान लिन सफल रहेको जनाएको छ ।
आज दिपायल सिलगढी नगरपालिका को सभाहलमा संस्था का अध्यक्ष लोग बहादुर बोहरा अध्यक्षता नगर प्रमुख मन्जु मलासीको प्रमुख अतिथिमा सेयर सदस्य लगायत सर्वसाधारणको सहभागिता मा सम्पन्न भएको हो। कार्यक्रम को सहजिकरण गणेश बमले गर्नु भएको थियो।
साथै संस्थाको नयाँ संचालन समितिको गठन गरेको छ। समिति मा
अध्यक्ष लोग बहादुर बोहरा,सचिब पुष्पा स्रष्ट,उपाध्यक्ष कल्पना स्रेष्ट,कोसा अध्यक्ष अमर बहादुर साउद,सदस्य सुनिता बिष्ट,राजरत्न स्रेष्ट,सारु खडका,सहित सात सदस्यीय सञ्चालक समिति गठन गरेको छ।