कोरोना विरुद्धको अष्ट्रेलियन खोप नेपालमा परीक्षण गरिँदै

काठमाडौं:  अस्ट्रेलियन कम्पनी इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आइभीआई) को सहयोगमा चीनमा उत्पादन भएको खोप यहाँ क्लिनिकल ट्रायल गर्ने तयारी थालिएको छ।

मन्त्रिपरिषद्ले स्वीकृति दिएमा केही साताभित्रै नेपालमा आइभीआईको सो खोपको क्लिनिकल ट्रायल (प्रयोगशाला परीक्षण) शुरू गर्ने बताइएको छ।

अष्ट्रेलिया कम्पनीको इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आइभीआई) र कोरियाली सहयोगमा चीनमा उत्पादन भएको सो खोप नेपालका शिक्षण अस्पताल महाराजगञ्ज र धुलिखेल अस्पतालमा क्लिनिकल ट्रायल गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल बोर्डले समेत स्वीकृति दिन उपयुक्त भएको ठहर गरिसकेको छ।

नेपालमा कोरोना विरुद्धको खोपको तेस्रो फेजको क्लिनिकल ट्रायल निम्ति तयारी भएपनि सो खोपको फस्ट फेज र सेकेण्ड फेज ट्रायल यसअघि अष्ट्रेलियामा नै भइसकेको बताइएको छ। यो खोप हाल १२ देशमा क्लिनिकल ट्रायल भइरहेको र त्यसमध्ये नेपाल पनि एक रहेको विभागीय अधिकारीहरूले जानकारी दिएका छन्‌।

यस्तो मानिसमा गरिनेछ ट्रायल

डा. धिमालका अनुसार स्वस्थ व्यक्तिमा मात्रै खोप ट्रायल गरिनेछ। उनले भने, ‘खोप मात्रै हैन, ट्रायलमा जाने औषधीहरू पनि स्वस्थ व्यक्तिमा प्रयोग गरिन्छ। ‘

Sayalb

मन्त्रिपरिषद्को स्वीकृति पर्खाइमा रहेको अस्ट्रेलियन कम्पनीको खोप कस्तो व्यक्तिमा परीक्षण गरिने भन्ने पूर्ण विवरण सरकारी अधिकारीहरूले खुलाइसकेका छैनन्‌। तर, त्रिवि शिक्षण र धुलिखेल अस्पतालमा १८ वर्ष माथिका केही स्वस्थ व्यक्तिमा ट्रायल खोप दिइने तयारी भएको बताइएको छ।

कोरोना विरुद्ध हालसम्म बनेका खोप बालबालिकाहरूको लागि पनि प्रयोग गर्न मिल्नेगरी नबनाइएकाले यो खोपको ट्रायल पनि १८ वर्षभन्दा माथिका व्यक्तिका गरिनेछ।

साइड इफेक्टको सम्भावना कम

यो खोप फेज थ्रीको भएकाले साइड इफेट कम हुने स्वास्थ्य अनसन्धान परिषदले जनाएको छ।

परिषदका एक अधिकारीले भने, ‘ट्रायल गर्न लागिएको यो खोप फेज थ्रीको खोप भएकाले यसबाट साइड इफेक्ट देखिने सम्भावना एकदमै कम हुन्छ।‘

ट्रायल खोप प्रयोग गर्दा स्वास्थ्यमा नकारात्मक असर देखिए खोप उत्पादन कम्पनीले नै उपचार गर्ने बताइएको छ। यस्तै, ट्रायल खोपमा सहभागी हुने सबै व्यक्तिको बीमा समेत गरिने भएको छ।

Shaileshwori
Loading...