कोरोना महामारीका बीच डोटी जिल्लामा माघी पर्वको रौनक सुरु

डोटी: कोरोना महामारीका बीच सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा माघी पर्वको रौनक सुरु भएको छ।

पहाडी जिल्लाहरुमा माघे संक्रान्ती अर्थात मकर संक्रान्ती पर्वको तयारी थालिएको छ। तर यस वर्ष कोरोना महामारीका कारण माघीको चहलपहल भने खासै नदेखिएको बताइएको छ।

Sayalb

पुर्वीचौकी गाउँपालिका वडा नम्बर २ का स्थानीय मोहन ठकुल्लाले विगतको वर्षमा झै माघीको उल्लास नभएपनि संस्कृति जगेर्ना तथा निरन्तरता कायम राख्नलाई भएपनि तयारी थालिएको बताउनु भयो।

कोरोना महामारीलाई मध्येनजर गर्दै घरमै अर्थात् जो जहाँ छन् त्यही बसेर मनाउने तयारीमा रहेको उनको भनाइ छ।

सुदूरपश्चिमको डोटी जिल्ला मात्रै होइन पछिल्लो समय माघी पर्वलाई देशव्यापी मनाउन थालिएको छ। तराईको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लामा सदियौंदेखि माघलाई विशेष रुपमा मनाउने प्रचलन रहिआएको हो।
यसैबीच सरकारले माघी पर्वको अवसरमा १ दिन सार्वजनिक विदाको घोषणा गरेको छ।

Shaileshwori
Loading...