छबिस पाथिभेरा गाउँपालिका वडा नं ७ मा जक्ती स्मृति गाउँ सुधार समुह गठन 

राजन मण्डेल

Sagan sahari bhawan nirman aayojana

बझाङ /माघ २

बझाङको छबिस पाथिभेरा गाउँपालिका वडा नं ७ सुन्दरपुर घट्टे गाउँमो जक्ती स्मृति गाउँ सुधार समूह गठन गरिएको छ । गाउँ समाजमा कसैलाई आपत विपत पर्दा सहयोग र्पुयाउने, विभिन्न नकारात्मक क्रियाकलापको अन्त्य गर्ने र नमुना गाउँ बनाउने उदेश्यले समुह गठन गरेको समुहका अध्यक्ष देवु मण्डेलले बताए ।
यसैबीच बिबिधतामा एकता ग्रामीण क्षेत्रमा भएका संस्कृतिको जगेर्ना र संरक्षण गर्न नयाँ पुस्ताका लागि ठूलो चुनौती रहेकाले सामाजिक बिकृति विसंगति रोक्न र रुढीबादी परम्पराको अन्त्य गर्ने, कला र संस्कृतिको जगेर्ना गर्ने, जनचेतनामूलक कार्यक्रम गर्ने उदेश्य लिएर समुह पारित भएको सल्लाहकार मीन बहादुर मण्डेलले बताए ।
माघ २ गते शुक्रबार एक गोष्ठीका बीच नकारात्मक क्रियाकलाप र कुप्रथाको अन्त्य गर्ने, कसैलाई आपत विपत पर्दा सहयोग गर्नलाई अघि सर्ने, भन्ने मुल उदेश्यका साथ पुरानो बाजेको नाम बाट उक्त जक्ती स्मृति गाउँ सुधार समुह गठन भएको हो । अहिले समुहमा १९ जना सियर सदस्य रहेका छन् । १९ जनाले २ हजारका दरमा रकम जम्मा गर्दा ३८ हजार रुपियाँ जम्मा भएको समुहका सह सचिव तथा संचारक्रमी शिवजी मण्डेलले बताए ।
जम्मा भएको रकम कसैलाई आपत विपत समस्या पर्दा सहयोग गर्ने कोषाध्यक्ष गगन बहादुर मण्डेलले बताए ।

Shaileshwori
Loading...