खोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न

तेजु ओली /डोटी

पुर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी एक दिने अभिमुखीकरण तथा योजना गोष्ठी जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय डोटीको आयोजनामा दिपायल सिलगढी नगरपालिका डोटीको सभा हलमा कार्यक्रम सोमबार सम्पन्न भएको हो । स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीको अध्यक्षतामा भएको अभिमुखीकरणमा जिल्लाका नौ ओटै स्थानिय तहका प्रमुख, उपप्रमुख, सहायक प्रमुख जिल्ला अधिकारीको आतिथ्यतामा सम्पन्न भएको हो । अभिमुखीकरण तथा योजना गोष्टीमा पुर्ण खोप सुनिश्चितता सम्बन्धी स्वास्थ्य कार्यालय डोटीले गरेका उपलब्धि तथा आगामी दिनमा गर्नुपर्ने गतिविधिका बारेमा स्वास्थ्य प्रमुख रमेश मलासीले प्रस्तुतिकरण गर्नु भएको थियो । पुर्ण खोप कार्यक्रम सञ्चालन गरि रहदा राष्ट्रिय तथ्याङ्कमा शुदुरपश्चिम प्रदेशको तथ्याङ्क राम्रो रहेको र प्रदेशका अरू जिल्ला भन्दा डोटीको तथ्याङ्क उत्कृष्ट रहेको स्वास्थ्य प्रमुख मलासीले बताउनुभयो ।

Sayalb

खोप पाउनु जनताको नैसर्गिक अधिकार भएकोले सबैले समयमै खोप लगाउन पाईरहेको र खोप कार्यक्रम डोटीका सबै तहमा सहज तथा प्रभावकारी ढुङ्गले सन्चालन भैरहेको अधिकांश सहभागिहरूले बताएका छन । जिल्ला लाइ वडा पालिका र जिल्ला लाइ पुर्ण खोप सुनिश्चित दिगोपनका लागि हामि प्रतिबद्धता भन्ने लेखियको ब्यानरमा हस्ताक्षर समेत गर्नु भएको थियो । कार्यक्रम मा बोल्दै सिखर नगर पालिका प्रमुख सिताराम जोलसीले आफुलगायत सबै स्थानिय तहका प्रमुख यस अभियानमा लाग्ने बताउनुभयो । कार्यक्रममा जिल्लाका स्थानिय तहका प्रमुख, उपप्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृतहरू, स्वास्थ्य शाखाका प्रमुखहरू, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Shaileshwori
Loading...