बिद्यार्थिमा भाईरल ज्वरो फैलिएपछी पाँच दिनका लागी बिद्यालय बन्द

Sagan sahari bhawan nirman aayojana

डोटी  बोगटान फुड्सिल गाउँपालिका वडा नं. ६ गगुडामा भाईरल ज्वरो फैलिए पछि पाँच दिनका लागी बिद्यालय बन्द गरिएको छ । बिद्यार्थिहरु भाईरल ज्वरो फैलिएका कारण गगुडामा रहेको मष्टेश्वर माध्यामिक बिद्यालय, बाल्मीकी आधारभुत बिद्यालय र सउँडी आधारभुत बिद्यालय पाँच दिनका लागी सोमबारबाट बन्द गरिएको हो ।
बिद्यालयमा बिद्यार्थिहरु आउँनै नसक्ने र आएका बिद्यार्थिहरुमा पनि भाईरल ज्वरोको संक्रमण तिब्र रुपमा फैलिएपछि बिद्यालय बन्द गर्नु पर्ने अबस्था आएको मष्टेश्वर माध्यामिक बिद्यालका शिक्षक चक्रबहादुर चन्दले जानकारी दिए ।
आधा भन्दा धेरै बिद्यार्थिमा ज्वरो आउने, टाउको दुख्ने,खान मन नलाग्ने जस्ता समस्या देखिएका छन् । बिद्यालयले गाउँपालिकाको शिक्षा शाखालाई जानकारी गराएर बिद्यालय बन्द गराएको शिक्षक चन्दले बताए ।

Shaileshwori
Loading...