जनयुद्धका एक योद्धाको जीवन : जाँगर मर्‍यो, सपना जीवितै छ 

रामहरि ओझा चैत्र १० , डोटी 

पुरानो घरसंगै टिनको कटेरो, बिचमा काठको पिर्कामाथी बसेका छन् उनी । होचो कदको बृद्ध शरीर, रोग र अभावले ग्रस्त छ, साँझविहान के खाने भन्ने चिन्ताछ निधारमा। तर पनि घरमाआएकापाहुनालाई खाएभोको सोध्छन्, काठको पिर्का सार्र्दै बस्न आग्रह गर्छन् । आफु जस्तै बृद्ध र आफुभन्दा रोगी छिन् जीवनसंगिनी। आफ्नो बुढो ज्यानको मात्रै होईन् श्रीमतीको ज्यानको जिम्मेवारी पनिउनकै काँधमा छ ।

२००४ सालमाडोटी केआई सिंह गाउँपालिका-१ माजन्मिएका मगर कुनै समयकाजल्दाबल्दा राजनीतिककार्यकर्ता थिए । समयले उनलाई अचेल साँझबिहानकै छाक टार्न धौ धौ हुने वनाई दिएको छ ।उमेर ढल्दै गएपछि उनको जाँगर मर्‍यो तर उनले देखेको वर्गीय मुक्तीको सपनाभने जिवितै छ ।

पञ्चायतीशासनकालमै निरंकुशताको बिरुद्धमा आवाज उठाउँदै आएकाप्रताप २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालीकांग्रेससंग आवद्ध भए । २०४९ सालको स्थानीयनिकायको निर्वाचनसम्मउनीकांग्रेसमा सक्रियथिए । ‘कांग्रेसभित्रको व्यक्तिवादीचरित्र मन परेन, गुटबन्दी गर्ने ईमानदार कार्यकर्ताहरुको वास्तानगर्ने’ उनी भन्छन् ‘त्यसकारण म कम्युनिष्ट भएँ ।’

जहाँलाग्यो संगठन निर्माणमा उधुम खट्ने प्रतापले एमालेको संगठन निर्माणमा पनिजिल्लाधाए । ‘मैले निर्माण गरेको संगठनको जगअहिले पनि छ एमालेमा’उनी भन्छन् । कम्युनिष्ट आन्दोलनले मात्रै बर्गीय मुक्तीगर्न सक्छ भन्ने मान्यताबोक्ने प्रताप २०५४ सालमातत्कालीन नेकपाएमाले बिभाजनहुँदानिकै खिन्नभए । ‘पार्टी फुटेको दिन रोएँ, अव सवै सपनाचकनाचुर भयो भन्ने लाग्यो’ प्रताप भन्छन् ‘तर पनि कम्युनिष्ट आन्दोलनप्रतिको बिश्वास मरेन । एमाले भन्दामाले ठिक जस्तो लाग्यो, माले भएँ ।’ एमालेमाजिल्ला सचिवालय सदस्यको जिम्मेवारीमारहेकाउनले मालेमापनि सोहीजिम्मेवारी पाए ।

देशमाद्वन्द्वचर्कदै गयो, दुर्गम गाउँमा बस्ने प्रतापको घरमामाओवादीकार्यकर्ताहरुको आउजाउ बढ्न थाल्यो । उनलाई पनि मान्छेले माओवादीभईसकेको प्रचार गर्न थाले । एकातिर चार बर्षसम्म छुट्टिएको माले कुनै बैचारिक निश्कर्षबिनै एमालेमाबिलयहुनु अर्कोतिर आफुलाई माओवादीभएको हल्लाचल्नु प्रतापकालागिभूमिगतहुने वातावरण बन्यो । २०५९ साल बैशाख १२ गते उनी युद्ध जितेर जनवादी राज्यसत्ता स्थापनागर्ने स्वणर्िम सपना सहितभूमिगतभएकमरेड “अनुराग” ।

भूमिगतभएको आठौं दिनउनी राज्य र बिद्रोहीपक्षबीचको दोहोरो भिडन्तमा सहभागिभए । शान्तिपूणर् मोर्चामाथुप्रै लडाई लडेकाप्रतापकालागि सशस्त्रलडाई यो नै पहिलो थियो । ‘धेरै साथीहरु हताहतभए, दुस्मनले ठुलो क्षति पुर्‍यायो त्यो बेला’ अनुराग भन्छन् ‘तर पनि मैले हिम्मतहारिनँ, त्यो घटनाले निर्भयका साथ लडाई लड्ने थपउर्जा मिल्यो ।’ माओवादीको सेतीमहाकाली राज्य सचिवायल सदस्यसम्मको जिम्मेवारीमा रहेर काम गरेका अनुरागतत्कालीनमाओवादीबिभाजनहुँदा नेत्रबिक्रमचन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमालागेका छन् ।

साँझबिहानको छाक टार्न धौ धौ 

संसारभरीकै मजदुरहरुको मुक्तीको सपना देख्ने प्रतापअचेल साँझविहानको छाक कसरी जोड्ने चिन्तामा छन् । ‘एक्लो छोरो बिरामीभएर २०६८ सालमाबित्यो, छोरो बितेपछि बुहारी माईतै बसिन्’ प्रताप भन्छन् ‘तीनभाई नातीहरु छन्, खै कताकतागए ।’

उनीअचेलदिपायल राजपुरको एक पुरानो घरमा भाडा तिरेर बस्दैछन् । ‘उहाँले मान्छे चिन्नु हुन्न्, होस कत्ति छैन’श्रीमतीतिर देखाउँदै उनी भन्छन् ‘यहीगोठमा हामी सुत्छौं ।’ यो अवधीमामाओवादी पटक पटक सरकारमागयो, राज्य संघीयतामा गएपछि तीनतहका सरकारै बनिसके । उनीसंगै युद्ध लडेकाव्यक्तिहरु सरकार प्रमुखपनिभएका छन् तर उनलाई बिरामीपर्दा समेत कुनै सरकार भएन ।

माओवादीखुला राजनीतिमा आएपछि उनले तरकारी खेतीगर्न सुरु गरे । व्यवसायिक तरकारी खेती गर्छु भनेर उनले अनुदानपनिमागे तर उनकै पार्टी नेतृत्वको सरकारले ५० बर्षभन्दामाथीकालागिअनुदानदिननमिल्ने नीति ल्याएछ । उने ऋण मागे, त्यो पनिपाएनन् ।जेनतेन करीव १० बर्षउनले गुजरामूखी तरकारी खेती गरे । अव त उमेर र अस्वस्थता दुवैले उनलाई तरकारी खेतीगर्ने अनुमतिदिदैन ।

Sagan sahari bhawan nirman aayojana

‘बिरामीको समयमा धेरै साथीहरुले सहयोग गर्नु भयो, कसैले औषधीखर्च दिनु भयो, कसैले चामलै ल्याएर आउनु भयो, यो बिचमाकांग्रेसका साथीहरुले बढी सहयोग गर्नुभो’ उनी भन्छन् ‘अचेल पार्टीले (बिप्लव नेतृत्वको नेकपा) मासिक ६ हजार रुपैयाँदिएको छ, यसैमागुजरा गरिरहेको छु ।’ उनले थपे ‘यो कोठाको भाडा १५ सय दिन्छु, बचेको रकमले महिनाभरी धान्छौं ।’

पाउँदैनन् जेष्ठ नागरिक भत्ता

उमेरले ७३ बर्ष पुरा गरिसकेकाप्रताप सामाजिक सुरक्षापत्ताभने पाउँदैनन् । २०४३ सालताकाबिद्यालयमाशिक्षकहुँदालिएको नेपालीनागरिकतामाउनको उमेर चार बर्ष घटी भएछ । उनले भत्तापाउनकालागिअझै एक बर्ष कुर्नु पर्नेछ ।  ‘नागरिकतामाभएको त्रुटी सच्याउनमिल्ने रहेनछ, वनाउने बेलामाखासै ध्यानदिईएन’ प्रताप भन्छन् ‘अव पछुताएर के गर्नु ?’ उनको मात्रै हैन, श्रीमतीनरुदेवीको झन १२ बर्ष घटेको छ । ०८ सालमाजन्मिएकीनरुको जन्ममिति ०२० सालको भएको उनी वताउँछन् ।

सन्तुष्ट छैनन् कम्युनिष्ट आन्दोलनप्रति

जीवनमाउर्जाशील समय कम्युनिष्ट आन्दोलनमाखर्चेमाउनीअचेल भने सन्तुष्ट छैनन् । ‘ईमानदारिता रहेन कम्युनिष्ट नेताहरुमा, कांग्रेस र यिनिहरुमा केहीपनि फरक देखिएन’उनी भन्छन् ‘कम्युनिष्ट आन्दोलनले सही नेतृत्वपाउन सकेन ।’

व्यक्तिगत स्वार्थमालागेपछि नेताहरुले राजनीतिक प्रतिवद्धता पुरा गर्न नसकेको उनको बुझाई छ । ‘व्यक्तिगत सम्पत्ति पार्टीकरण गर्ने, जीवनशैली साधारण वनाउने, कुनै पनिप्रकारको स्वार्थबाट टाढा रहने प्रतिवद्धता थियोे नि !’ प्रतापप्रश्न गर्छन् ‘खै कहाँ हरायो त्यो प्रतिवद्धता, को ले पुरा गर्ने अव?’ बैचारिक मतभिन्नताकाकारण नभई पदीय स्वार्थकाकारण कम्युनिष्ट आन्दोलनकमजोर भएको देख्छन् उनी ।

भूमिगतजीवनमा ‘उहीचामलको भात, उहीचामलको तरकारी’ वनाएर खाएको, रातदिनपसिनावगाएको, ज्यानको बाजी राख्दै लडेको सम्झन्छन् उनी, भन्छन् ‘नेताहरु जनताप्रति र देशप्रति ईमानदार नभएकाकारण अहिलेसम्मभएका राजनीतिकआन्दोलनबाट प्राप्तउपलव्धीहरु पनिगुम्ने खतरा छ ।’

प्रचण्ड स्वार्थी, ओलीझन स्वार्थी 

१० बर्षे सशस्त्रबिद्रोहको नेतृत्वकर्ता पुष्पकमलदाहालले व्यक्तिगत स्वार्थकै कारण माओवादी पार्टी कमजोर वनाएको प्रताप बताउँछन् । ‘बिद्रोहबाट शान्तिपूणर् राजनीतिमाआउँदा पार्टीको म्याण्डेटलाई बिर्सेर उनीनातावाद कृपाबादमालागे’ उनी थप्छन् ‘उनको राजनीति राजनीति जस्तोनै भएन, ठेकेदारी भयो ।

त्यसैकारण माओवादीचिराचिरा भएको उनी वताउँछन् । प्रचण्डमा पुँजी संचयगर्ने लोभ पलाएको र उनकाकार्यकर्ताहरु पनि त्यसरीनै परिचालितभएको देख्छन् प्रताप ।

बर्तमानप्रधानमन्त्री केपीशर्मा ओलीलाई उनी प्रचण्ड भन्दा बढी स्वार्थी देख्छन् । ‘एमाले माओवादीको एकीकरणनै केपीले आफ्नो स्वार्थ पुरा गर्नकालागि गरेकाहुन्’ प्रतापदावी गर्छन् ‘गठवन्धन नभएप्रधानमन्त्रीहुन सकिन्नभन्ने डर थियो उनमा ।’ ओलीमा कम्युनिष्ट शैलीनभएको र उनीकानूनबिपरित कामगरिरहेको समेत प्रताप वताउँछन् ।

‘ओलीको पालामा देशमा केही राम्राकामहरु पनिभएका छन्, त्यसलाई नकार्न मिल्दैन’उनी थप्छन् ‘तर आफु जस्तो कोही छैन, मैले जे गरे पनि हुन्छ भन्ने घमण्डले ओली डुवेकाहुन् ।’उनका सल्लाहकारहरुले ओलीलाई डुवाएको प्रताप वताउँछन् । उनले थपे ‘उनी देशकाप्रधानमन्त्रीपनिहुनएमालेकाअध्यक्षपनिहुन्, जिम्मेवारीकाहिसावले उनले गरेको यो ढिपी कत्तिकै सुहाएन ।’एमालेको पछिल्लो बिवादकामुख्य दोषीओली रहेको उनको बुझाई छ ।

वर्गीय मुक्तीको आशकायमै 

कम्युनिष्ट आन्दोलनमालागेदेखि आफुले जनतामा बाँडेका सपना एक न एक दिन पुरा हुने बिश्वास प्रतापसंग छ ।  “हामीले सकेनौं तर एकदिन त आउलानिमुक्तीको” उनी भन्छन् ‘सधैं जनतासंग खेलवाड गर्ने नेतामात्रै नेतृत्वमा पुग्छ भन्ने हुँदैन् ।’ उनीअवजनताआफैले क्रान्तिगर्नु पर्ने र क्रान्तिको नेतृत्वपनिआफैले गर्नु पर्ने वताउँछन् । निमुखाजनताकालागि लड्छु भन्ने धेरै आएपनि नेतृत्वमा ईमानदारी नहुँदा यो समस्याआएको उनी वताउँछन् ।

Shaileshwori
Loading...