स्वास्थ्य कार्यालय द्धारा डोटी प्रहरीलाई ब्रेथ एनालाईजर हस्तान्तरण

Sayalb

डोटी : स्वास्थ्य कार्यालय डोटीले जिल्ला प्रहरी कार्यालय डोटीलाई ब्रेथ एनालाईजर हस्तान्तरण गरेको छ । मादक पदार्थ सेवन गरेको पत्ता लगाउनका लागि सहज होस भन्ने उदेश्यका साथ ब्रेथ एनालाईजर हस्तान्तरण गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले प्रहरी उपरीक्षक दानबहादुर मल्ललाई हस्तान्तरण गर्नु भएको हो।
सडक दुर्घटना न्यूनीकरण गर्न तथा यात्रुको स्वास्थ्यलाई ध्यानमा राखेर हस्तान्तरण गरिएको कार्यालय प्रमुख मलासीले बताउनु भएको छ ।
ब्रेथ एनालाईजरले प्रहरीलाई यातायात ब्यबस्थापनमा सहज हुने जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख मल्लले बताउनु भएको छ । मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ब्यक्तीलाई प्रहरीले नियन्त्रणमा लिन सहज हुनेछ । कोरोनाका संक्रमण फैलिएपछी प्रहरीले मादक पदार्थ सेवन गरेका ब्यक्तिलाई चेकजाँच गर्न समस्या रहेको थियो । ब्रेथ एनालाईजर भएपछी चेकजाँचमा सहज हुने छ ।

Shaileshwori
Loading...