माओबादी केन्द्र डोटीको विस्तारीत बैठक सुरु

डोटी : नेपाल कम्युनिष्ट पार्टी ( माओबादी केन्द्र) डोटीको विस्तारीत बैठक सुरु भएको छ । माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा सुदुर पश्चिम प्रदेश सरकारका मुख्य मन्त्रि त्रिलोचन भट्टको प्रमुख आथित्यततामा दिपायल सिलगढी नगरपालिकाको सभाहलमा बैठक सुरु भएको हो । माओबादी केन्द्र डोटीका संयोजक जंग विकको सभापतित्वमा सुरु भएको बैठकमा प्रदेश कमिटी सदस्य, पार्टी निकट विभिन्न भादृ संघ संगठनका सदस्य लगायतको सहभागिता रहेको छ ।


