दिपायल सिलगढी नगरपालिकामा १६ जना कोरोना संक्रमित थपिए

डोटी, बैशाख १८

दिपायल सिलगढी नगरपालिकामा १६ नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला अस्पताल डोटीमा आज ३८ जनाको श्वाब परिक्षण गरिएकोमा दिपायल सिलगढी नगरपालिका १६ जनाको पिसिआर रिर्पोट पोजेटिभ आएको स्वास्थ्य कार्यालय डोटीका जनस्वास्थ्य निरिक्षक तेज बिक्रम शाहीले जानकारी दिनु भएको छ ।
१६ जना थपिएसंगै जिल्लामा संक्रीय संक्रमितको संख्या एक सय ३५ पुगेको छ । जिल्लाका ग्रामिण क्षेत्रमा रहेका स्थानीय तहहरुले एन्टीजिन प्रबिधी मार्फत पनि परिक्षण गरिरहेका छन् । एन्टीजीनबाट गरिएको परिक्षणको रिर्पोट भने स्वास्थ्य कार्यालयमा प्राप्त भई नसकेको शाहीले जानकारी दिनु भएको छ । लक्षण देखापरेपछि परिक्षणका लागी अस्पतालमा आएका ब्यक्तीहरुको परिक्षण गर्दा १६ जनामा कोरोना पोजेटिभ देखा परेको हो । सबै संक्रमितहरु होम आईसोलेसनमा रहेका छन् ।
