संकटमा सहयोग : ह्युमानिटी फाउण्डेसनद्धारा सुदूरपश्चिमका अस्पतालमा अक्सिजन सिलिण्डर प्रदान गर्दै

Sayalb

कैलाली :  सेती प्रादेशिक अस्पतालमा अक्सिजनको अभाब भएपछि ह्युमानिटी फाउण्डेसन नेपालले ९८ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ । फाउण्डेसनका सदस्यहरुको सहयोगमा सोमबार बिहान पहिलो चरणमा ९८ थान सिलिन्डर उपलब्ध गराएको ह्युमानिटी फाउण्डेसन नेपालका संस्थापक श्याम तायलले बताए ।
उनका अनुसार आज नै २२ सिलिण्डर डडेल्धुरा अस्पताललाई उपलब्ध गराउने जनाएको छ । यस्तै कञ्चनपुरमा रहेको महाकाली अस्पताललाई ८० सिलिण्डर र टिकापुर अस्पताललाई २० सिलिण्डर उपलब्ध गराउने फाउण्डेसनले जनाएको छ ।
अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले सो अभियान सञ्चालन गरेको फाउण्डेसन जनाएको छ । अस्पतालमा अक्सिजनको माग बढ्दै गएपछि अस्पतालले एक सय खाली सिलिण्डर उपलब्ध गराउन अपिल गरेको थियो ।

Shaileshwori
Loading...