डोटीमा निशेधाज्ञा जारी
डोटी जिल्लामा निशेधाज्ञा जारी गरिएको छ । मंगलवार (भोली) राति १२ बजे देखी बैशाख ३१ गते राति १२ बजे सम्म लागु हुनेगरी निशेधाज्ञा जारी गरिएको होे । डोटी जिल्लामा कोरोना सक्रीय संक्रमितको संख्या २ सय नाघे संगै निशेधाज्ञा गर्ने निर्णय गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनु भएको छ । कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरि निशेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी खनालले बताउनु भयो । निशेधाज्ञा अवधिभर अत्यावश्वक बाहेकका सबै सेवा तथा कामकाज बन्द रहेने छन् ।
औषधि पसल, शान्ति सुरक्षा, स्वास्थ्य, दग्धजन्य पदार्थ बोक्ने सवारी, दमकल, सञ्चार, फोहोर मैला, खाद्यान्न,इन्धन, माछा मासु जस्ता सवारी साधन बाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाईएको छ । खाद्यान्नका पसलहरु पनि विहान ६ बजे देखी ९ र साझ ५ बजे देखि ७ बजे सम्म स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरि सञ्चालन गर्न भनिएको छ ।