डोटी सदरमुकाम मै एम्बुलेन्सको अभाब

Sayalb

कर्ण चन्द / बैशाख, २२, डोटी
डोटी जिल्ला सदरमुकाम सिलगढीमा एम्बुलेन्सको अभाब देखिएको छ । सदरमुकामा दुई वटा मात्र एम्बुलेन्स सञ्चालनमा रहेका छन् । जिल्ला अस्पताल डोटीका दुई र दिपायल सिलगढी नगरपालिकाको एक एम्बुलेन्स प्रयोगमा नरहेका कारण अभाब देखिएको हो ।
एम्बुलेन्स बिग्रीएपछी मर्मत नभएका कारण जिल्ला सदरमुकाममै एम्बुलेन्सको अभाब देखिएको हो । दिपायलमा रहेको शैलेश्वरी अस्पताल र चोपडा हस्पीटलका दुई वटा मात्र एम्बुलेन्स प्रयोगमा रहेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।
जिल्ला अस्पताल डोटीको एक एम्बुलेन्स बिग्रीएको र अर्को सेती प्रादेशिक अस्पताल कैलालीमा रहेको जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिएका छन् । दिपायल सिलगढी नगरपालिकाको एम्बुलेन्स पनि बिग्रीएको र मर्मतका लागी कैलालीमा लगिएको नगर प्रमुख मञ्जु मलासीले बताउनु भएको छ ।
५० शैयाको सुजङ अस्पताल पनि एम्बुलेन्स बिहिन रहेको छ । जिल्लामा १५ वटा एम्बुलेन्स रहेको अबस्थामा जिल्ला सदरमुकाम सिलगढीमा रहेका ३ वटा एम्बुलेन्स एक साथ बिग्रदा एम्बुलेन्सको अभाब भएको हो ।
डोटी जिल्लामा ९ स्थानीय तहमा रहेका एम्बुलेन्सले स्थानीय तह भित्र भएका बिरामी बोक्ने गरेका छन् । १५ वटा एम्बुलेन्स भएपनी १२ वटा मात्र सञ्चालन रहेको स्वास्थ्य कार्यालय डोटीका जनस्वास्थ्य निरिक्षक तेजबिक्रम शाहीले जानकारी दिनु भएको छ । संक्रमित तथा अन्य बिरामीलाई थप उपचारका लागी बाहिर लैजान समस्या हुने देखिएको छ ।
कोरोनाका बिरामी बोक्न एम्बुलेन्स चालक अनईन्चुक
कोराना भाईरस कोभिड – १९ संक्रमित बिरामीलाई बोक्नका लागी डोटी जिल्लाका एम्बुलेन्स चालक अनइच्छुक देखिएका छन् । बिरामीका आफन्तहरुले फोन गर्दा आफुहरुले नबोक्ने बताईरहेका हुन ।
कोभिड नियन्त्रण सम्बन्धी न्यूनतम पनि सुरक्षा तथा साबधानी भएको अबस्थामा एम्बुलेन्समा बिरामी बोक्न समस्या रहेको उनिहरुले बताईरहेका छन् ।
कोरोना संक्रमित बिरामीलाई बोक्न नसकिने केआईसिंह गाउँपालिकाका एम्बुलेन्स चालक खगेन्द्र बोगटीले बताउनु भएको छ । बोगटीले भने ‘हामी हाम्रो ज्यान खतरामा राखेर बिरामी ओसार्न सक्ने पक्षमा छैनौँ । सुरक्षा र साबधानी बिना काम गर्न सक्ने अवस्था छैन ।’ एम्बुलेन्सका अधिकांस चालकले आफ्नो सुरक्षाको कारण देखाउँदै बिरामी बोक्न अस्वीकार गरेका छन् ।

Shaileshwori
Loading...