बाजुरामा कोरोना सङ्क्रमणबाट वडाध्यक्षको मृत्यु

Sagan sahari bhawan nirman aayojana

बाजुराः  कोरोना भाइरसको सङ्क्रमणबाट बाजुरामा  वडाध्यक्षको मृत्यु भएको छ। बडीमालिका नगरपालिका–९ का  ३५ वर्षीय वडाध्यक्ष विनोदकुमार विकको मृत्यु भएको हो।

सङ्क्रमणपछि जिल्ला अस्पतालको आइसोलेशनमा उपचाररत विकलाई थप उपचारका लागि डडेल्धुरा जाँदै गर्दा अछामको साँफे बगरमा मृत्यु भएको आफन्त राजेश विकले बताए। कोरोना देखिएपछि वडाध्यक्ष विकको जिल्लामा उपचार हुन नसक्दा दिउँसो चार बजे डडेलधुरा रिफर गरिएको थियो ।

तर, उनको बाटो मै मृत्यु भएको जानकारी गराइएको छ । उनलाई अक्सिजनसहितको भेन्टिलेटरको आवश्यकता पर्ने भएकोले जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि रिफर गरिएको जिल्ला अस्पताल कोरोना फोकल पर्सन चुडामडी पन्तले जनाए।

जिल्लामा दुई आईसीयू र दुई भेन्टिलेटर भएता पनि अक्सिजन र जनशक्ति अभावको कारण प्रयोगमा नआउँदा अध्यक्ष बिकलाई रिफर गर्नुपरेको पन्तले बताए । स्वास्थ्य कार्यालयको दैनिक रिपोर्टमा २ भेन्टिलेटर र २ आईसीयू जडान गरेको प्रतिवेदनमा उल्लेख भएपनि सञ्चालन नभएको पाइएको छ

Shaileshwori
Loading...