अझै पनि भन्छु दिपायल दौड्न सक्दैन 

तेजबहादुर डुम्रेल /डोटी
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भयो, उक्त घोषणापछि नेपाली माटो समेत हर्षित भयो,राजतन्त्रको अन्त भयो, अबको विकासको मूल फुट्छ भन्ने जनअपेक्षा बढ्यो, ऐतिहासिक डोटीको महत्त्व झन् बढ्न भयो भनेर डोटेली दाजुभाइ मख्ख थिए, जनमोर्चा बाहेक लगभग सबै दलहरूले सङ्घीयताको स्वागत गर्दै थिए, घरमा मात्रै होइन सडकमा समेत मनाउँदै थिए, छोटकरीमा सबै दलले चुनावमा भाग लिए, चुनावी प्रमुख एजेन्डा सुदूर पश्चिम प्रदेशको राजधानी बन्ने दिपायल हुने भन्दै थिए, ठाउँ ठाउँमा दिपायल राजधानी हुनेछ भाषण गरिएका थिए, चुनावी परिणाम पनि राम्रै निस्के, दिपायल राजधानीका ठूलाठूला सडक र्याली, धर्ना देखि लिएर रिले अनसन थालनी भए, डोटेली नेताहरूले काठमाडौँमा समेत सुदूर पश्चिम प्रदेश दिपायल राजधानी हुनुपर्छ भन्ने आन्दोलन चर्काए, मैले पनि ६५ दिनसम्म रिले अनसनलाई निरन्तरता दिएको थिए, तर सबै मिहिनेत खेर गयो, परिणामस्वरूप दिपायल अपाङ्ग भयो, किनकि डोटीका सीमित मान्छेले मात्र रिले अनसनमा बस्ने, अरूले तस्बिरहरू खिच्ने ती तस्बिरहरू सामाजिक सञ्जालमा हाल्ने काम गरे, हामीले थालनी गरेको रिले अनसन डोटेली सबैले रुचाए तर सामाजिक अभियन्ता डाक्टर गोविन्द केसीका माग धेरै जसो अनसनबाट सफल भए पनि हाम्रा भएनन्, डोटीमा रिले अनसन समेत विफल पार्न खोज्ने मान्छे थिए, रिले अनसन रोक्न अनेक हर्क गरे, त्यो हर्क देखेपछि नाम मात्रको दिपायल राजधानी आन्दोलन हो जस्तो लाग्यो, नत्र किन सायल गाउँपालिकाको युवा जसले दिपायल राजधानीका लागि अनसन बस्न खोज्दा साथ दिएनन्, किन घर–घरबाट रिले अनसन बस्नका लागि एक जना भए पनि तयार भएनन् ? किन निरुत्साहित गर्न खोजे ? मैले अहिलेसम्म त्यो रहस्य बुझ्न सकेको छैन ।

कडाइ सुरक्षाको बिचमा 
तत्कालीन समयमा संविधानसभा सदस्यहरूले डोटी दिपायल सेती प्राविधिकमा संविधानको मस्यौदा ल्याए, सुझावका लागि भनेपछि कडा सुरक्षा किन ? डोटेली जनताले किन त्यो मस्यौदा राम्रोसँग नपढी पठाएको ? त्यो मस्यौदामा प्रदेश सभा सदस्यहरूले बहुमतले रोजेको ठाउँमा अथवा तोकेको जिल्लामा प्रदेश राजधानी हुने लेखिएको  थियोे । किन उक्त बुँदामा असहमति जनाएनन् ? समानुपातिक र प्रत्यक्ष गरी ४/५ माननीयहरूले किन मस्यौदामा नाटक गरे ? डोटी भन्दा तराईमा संसद बढी हुन्छन् त्यस कारण दिपायल राजधानी दिपायल नहुन सक्छ ? भन्ने किन हेक्का राखेनन् ? दिपायलको पहिचान  समाप्त हुने भयो भनेर  श्रि बाबु श्रेष्ठले र म तेजबहादुर डुम्रेलले तत्कालीन संविधानको मस्यौदा जलाउने हिम्मत गरेका थियौँ ? जलाउने क्रममा  प्रहरीले हामीलाई पक्राउ गरेको थियोे, अरू दलहरू किन हासेर बसे ?  मस्यौदामा किन त्यो लेखिएको भनेर अरू दलहरूले अनुमान लगाउन सकेनन्, सो वाक्यमा असहमत भनेर  डोटेली जनताको असहमति छ भनेर भन्दाभन्दै किन मानेनन् ? काठमाडौँ सिंहदरबार किन घेराउ  गरिएन ? तत्कालीन माननीयहरूको दिमागमा किन घाम लागेन ? खुद्रा योजना चुनावको टिकट तथा कुनै राजनीति पदका लागि केन्द्र तथा प्रदेश तथा स्थानीय सरकार सामु घुडा टेक्ने गर्छन्  तर  ठुलो बलिदानी गर्नुपर्ने  दिपायल राजधानीका लागि किन गरिएन रु  दिपायलबाट क्षेत्रीय कार्यालय राजपुर सरे,किन मौन ?तत्कालीन क्षेत्रीय अस्पताल डोटीबाट डडेलधुरा सर्यो ,किन मौन, त्यो मात्रै होइन, राजपुरदेखि धनगढी हुँदै कार्यालय महेन्द्रनगरसम्म पुगे किन तैचुपमैचुप ? विरोध स्वरूप कुनै दलको विज्ञप्ति समेत देखिएन ? हामी सानातिना कुरामा अडकिनु गलत हो । डोटी चेम्बरको भवन चाहिँदैन, सडक तथा नदी छेउमा बनाउनु हुदैछ लगायतका खुद्रा कुरामा अडान अब त्यो होइन, नयाँ पुस्ताले समग्र ५० वर्षका लागि जुटौँ किनकि डोटी दौड्न खोजी रहेको छ तर दिपायल अझै लङ्गडो देखिन्छ, सबैलाई थाहा भएको विषय मुस्किलले अर्थात् बल्लतल्ल सहिद स्मृति स्कुल सञ्चालनमा आएको हो, सहिद स्मृति स्कुलको अहिले महत्त्व बुझ्दैनन्, डोटेली जनताले तैपनि मुख्यमन्त्री पायो, विकासको तुलना गर्ने हो भने प्रदेश सरकारका योजना सुदूर पश्चिमका सबै वडासम्म पुगेका छन्,

Sayalb

ती राष्ट्रिय गौरवका योजनाका लागि मुख्यमन्त्री त्रिलोचन भट्टको पहल जारी रहेको तथा थप विकासका लागि बृहत् सम्भाव्यता अध्ययन भइरहेका भए पनि नदेखे जस्तो गर्ने परम्परा हाम्रो दिपायलमा कायमै छ, सुदूर प्रदेश सरकारले समग्र पर्यटन विकासका लागि १० बर्से गुरु योजना बनाइ अघि बढेको छ,हामीले योजना ल्याउने,काम नपाएकाले हातपात गर्ने, उल्टै हातपात भएको खबर हाल्ने,त्यो मात्र होइन, हामीलाई अन्याय भयो भनेर मुद्दा हाल्नु भनेको बेस्सरी विवाद गरी बजेट फ्रिज फाल्ने मानसिकता मात्रै हो । यस्ता मानसिकता भएका मान्छेको हातबाट दिपायल कहिल्यै दौडिन सक्दैन, हामीले योजना ल्याउने तर विकास हुन नदिने हो भने हामीले मात्र किन बेकार टाउको दुखाउने ? मिलेर बसेका थियौँ अनावश्यक  वादविवाद गर्नु हाम्रो रहर थिएन ,हामीले सम्पूर्ण प्रक्रिया पुरा गरी दिपायल बसेका मान्छेलाई आई बसेको भन्ने रुधाकधम्कीबाट कोही डराउने छैनन् डराउने कुनै बेला थियो, त्यो गयो, अब पनि दिपायल साझा फूलबारी बन्न सक्दैन भने बजेटले मात्र केही हुँदैन,असल बानी पनि महत्त्वपूर्ण विषय हो ।

फरक दलका नेताहरूले पनि दिपायलमा धेरै  प्रशिक्षण दिन बाकी रहेको पाए, राजनीति संस्कार छैन, कार्यकर्तालाई गलत बाटोमा हिडाउने जिल्ला नेता हुन सक्दैन,सत्य कुरा दिपायल भन्दा स्थानीय तह सुपर फास्ट देखिन्छन् विगत ३०/४० वर्ष अघिदेखि अहिलेसम्म तुलना गरी हेर्नुस् । दिपायल भन्दा स्थानीय तह अघि छन्, स्थानीय तहमा गाउँ पालिका सेन्टर हुनुपर्छ भनेर एकजुट हुन्छन्, वडाको कार्यालय सेन्टरमा हुनुपर्छ भनेर लाग्छन्, टोल टोलमा विकास हुनुपर्छ भनेर वडा कार्यालय,गाउँ पालिका, प्रदेश तथा केन्द्र सरकारलाई समेत भनसुन गर्छन् ।तर अहिलेसम्म दिपायलमा गुणस्तरीय बसपार्क बन्न सकेको छैन, यता होइन उता होस चाहन्छन्, टोल टोलमा पिच सडक जरुरी भए पनि एक इन्च जमिन छोडदैन, बरु नदिने बगाए सहने गर्छन् अनि कसरी दौडिन्छ दिपायल ?

Shaileshwori
Bolpatra
Loading...