बिहिवार डोटीका थप ३६ जनामा कोरोना पुष्टि

डबल बम/ डोटी
बिहिबार डोटीका थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३६ जनाको पिसिआर बिधिबाट परिक्षण गर्दा २७ र ५२ जनामा एन्टिजेन विधिबाट परिक्षण गर्दा ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । कोरोना देखिएका ३० जना पुरुष र ६ महिला हुन् । आज कोरोना देखिएका दिपायल सिलगढी नगरपालिकाका २१ जना, केआई सिंह गाउँपालिकाका ८ जना, पुर्बिचौकि गाउँपालिकाका ५ जना र जोरायल गाउँपालिकाका २ हुन् ।

यो संगै जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या दुई हजार चार सय ४० पुगेको स्वास्थ्य कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख उद्धव वहादुर ठगुन्नाले जानकारी दिनु भयो । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण फैलिए देखि डोटीका एक हजार १९ जनामा कोरोना पुष्टि भएको र अहिले ४ सय ४६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।
