स्वास्थ्य सामाग्री हस्तान्तरण
बाजुरा, साउन २६
कारितास नेपालको आर्थिक सहयोगमा सामुदायिक बिकास मञ्च (सिडिएफ) नेपाल डोटीले बाजुराको बुढिगँगा नगरपालिकालाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सामुदायिक बिकास मञ्च (सिडिएफ) नेपाल डोटीका कार्यकारी निर्देशक भक्तबहादुर सिंहका अनुसार कोभिड–१९ रेस्पोन्स कार्यक्रम अन्तरगत सजिर्ककल मास्क २ हजार वटा, पिपिइ सेट १ सय ४५ सेट, ५००. मिलि सेनिटाइजर १ सय बोतल , थमेल गन २ वटा र ५०० लिटरको पानि राख्ने ड्रम सेट सहित ३ वटा हस्तान्तरण गरिएको छ ।