धार्मिक अगुवाहरुलाइ कोभिड बिरुद्धको खोपको प्राथमिकतामा राख्न निरन नेपालको अपिल

महिला हिंसा बिरुद्ध राष्ट्रिय अन्तरधार्मिक सञ्जाल ( निरन ) नेपालले कोरोना भाइरस सँक्रमणको जोखिममा धार्मिक अगुवाहरुहरु समेत रहेको भन्दै कोभिड बिरुद्धको खोपको प्राथमिकता राख्न सरकार सँग आग्रह गरेको छ । महिला हिंसा बिरुद्ध राष्ट्रिय अन्तरधार्मिक सञ्जाल ( निरन) नेपालले कोरोना भाइरस सँक्रमण रोकथाम तथा उपचारका सन्दर्भमा सरकारले कायम गरेका निती नियमको अधिनमा रहेर सहयोग गर्न समेत धार्मिक क्षेत्रलाइ आव्हान गरेको छ । धार्मिक आस्थाको आधारमा मंदिर, मस्जिद, गुम्वा, चर्च लगायतका क्षेत्रमा सर्वसाधारणको आवत जावत बढी हुने गरेका कारण पनि उक्त क्षेत्रमा कार्यरत धर्मगुरुहरु र आश्रममा आश्रीत ब्यक्तिहरुलाइ खोपको प्राथमीकतामा राख्न अध्यक्ष हर्क बहादुर थापा र सचिव इशुजँग कार्कीद्धारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

