डोटीका आठ स्थानिय तहले आर्थिक वर्ष २०७८/७९ का लागि बजेट ल्याए

डोटी : नौ स्थानिय तह रहेको डोटी जिल्लका आठ स्थानिय तहले बहिवार आगामी आर्थिम वर्ष २०७८/७९ का लागि निती तथा कार्यक्रम र बजेट ल्याएका छन् । पुर्विचौकी गाउँपालिका बाहेका सबै पालिकाले आगामी आर्थिकको बजेट प्रस्तुत गरेका छन ।

बोगटान फुड्सिल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४१ करोड ४० लाख १७ हजारको बजेट पारित गरेको छ । बिहिवार उपाध्यक्ष भगवती देवि बमले नवौं गाउँसभामा बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा चालू तर्फ २८ करोड ७ लाख ४९ हजार र पुँजीगत तर्फ १३ करोड ३२ लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको छ । पालिकाले क्रमशः स्वास्थ्य, शिक्षा तथा कृषिलाई प्रमुख प्राथमिकता दिएको छ ।

दिपायल सिलगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ५५ करोड ८० लाख ६५ हजार बजेट पारित गरेको छ ।

जोरायल गाउँपालिकाले ४६ करोड २२ लाख ५४ हजार बराबरको बजेट पेस गरेको छ । चालुगत तर्फ ३६ कारोड ३८ लाख ४४ हजार र पुजीँगत तर्फ ९ कारेड ६९ लाख ४९ हजार ५ सय रुपैयाँ विनियोजन गरेको छ । कृर्षी स्वास्थ्य, खानेपानी, लगायतका क्षेत्रलाइ प्राथमीता दिएको गाउँपालीका अध्यक्ष दुर्गा ओझाले बताए ।

Sayalb

के.आइ.सिँह गाउपालीकाले ३६ करोड ५९ लाख ८६ हजार बराबारको बजेट पेस गरेको छ । पुँजीगत तर्फ ९ करोड ७ लाख र चालुगत तर्फ १० करोड १२ लाख ४३ हजार विनीयोजन गरेको छ ।

आर्दश गाउपालीकाले ४७ करोड १७ लाख ४७ हजार बराबरको बजेट पेस गरेको गाउपालीकाका अध्यक्ष टेक बहादुर रोकायाले बताए । गाउँपालिकाले आर्थिक वर्ष २०७८र०८९ को लागि बिशेष गरि भौतिक पुर्वाधार बिकास निर्माण , कृषि , स्वास्थ्य , शिक्षा , सिपमुलक आय आर्जन तथा रोजगारीलाई बजेटको पहिलो प्राथमिकतामा राखेको छ ।

बडीकेदार गाउँपालिकाले ३४ करोड २६ लाख ९३ हजार बजेट विनियोजन गरेको छ । बडिकेदार गाउँपालिकाको नवौ गाउँ सभाबाट गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले नितितथा कायक्रम प्रस्तुत गर्नुभयो । जसबाट आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा बिपद ब्याबस्थापन र संस्थागत विकासमा टेवा पुग्ने अपेक्षा गाउँपालिकाको छ । विभिन्न विषयगत क्षेत्र जस्तै स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, लक्षित बर्गलाई सम्बोधन गरियको छ ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही बमोजीम स्वास्थ्य, शिक्षा, कृर्षी, पर्यटनलाइ प्राथमीकता दिएर डोटीका आठ स्थानिय तहले बजेट पेस गरेको छन ।

पुर्बी चौकी गाउँपालिकाले भने विभिन्न विबादका कारण यस बर्ष समयमा बजेट पेस गर्न नसकेको अध्यक्ष दृघ बोगटीले बताए । स्थानीय तहले यस अगाडिका अधुरा योजना कार्यान्वयन गर्ने बताएका छन । स्थानीय तहका जनप्रतिनिधिका लागि यस वर्ष बजेट निर्माण गर्ने अन्तिम वर्ष हो ।

Shaileshwori
Loading...