बगलेक अर्थात ‘मिनि खप्तड’ (फोटो फिचर)
कर्ण चन्द बगलेक
पुर्बिचौकी गाउँपालिका वडा नं. २ बगलेक आन्तरिक पर्यटकको आकर्षणको केन्द्रमा पर्न थालेको छ । डोटी जिल्ला सदरमुकाम सिलगढी दिपायलका स्थानीय तथा बाह्य जिल्लाबाट आउने पर्यटकको रोजाईमा बगलेक पर्न थालेको छ ।
कामको ब्यस्तता तथा बिभिन्न कारण खप्तड पुग्न नसक्नेहरु बगलेकमा पुगेर रमाउने गरेको स्थानीय भिम ठकुल्लाले बताए । ठकुल्लाले भने ‘यहाँ दैनिकजसो मान्छेहरु आईरहन्छन्, शनिबार त घुईँचो नै हुन्छ ।’
सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला सदरमुकामबाट पिच सडक निमार्ण गरेपछी आधा घण्टाको गाडीको यात्रामा पुग्न सकिने बगलेकमा दैनिक दुई सय भन्दा बढीले घुम्न जाने गरेका छन् ।
परिवार तथा साथी सहपाटी मिलेर बगलेक जाने पिकनिक खाने तथा रमाईलो गर्नुका साथै गर्मी समेत छल्नका लागी बगलेक जाने गरेको दिपायल सिलगढी नगरपालिका वडा नं. ५ का भरत धामीले बताए ।
खप्तड जाने मुलबाटो बिचमा रहेको बगलेक खप्तड कै झल्को दिनेगरेका पाटनका कारण यस्लाई मिनि खप्तडको उपामा समेत दिने गरिएको छ । खप्तड जस्तै पाटन, घोडामा यात्रा, बनभोज खान पाईने, स्थानीय उत्पादनहरु मकै, निहुँरो तथा अन्य उत्पादनका बस्तुका कारण पर्यटकको रोजाईमा पर्ने गरेको छ ।