सायलका ३ बालबालिकालाई महिला तथा बालबालिका सेभ हाउसले उद्वार गर्ने
डोटीको सायल गाउँपालिका–२ शिरमाका गणेश ओलिका ३ बालबालिकालाई महिला तथा बालबालिका सेभ हाउसले उद्वार गर्ने भएको छ । संस्थाका अध्यक्ष जानकि मलासीले ति अबोध ३ बालबालिका र मृतक गणेश ओलिको श्रिमतिको आर्थिक अवस्थालाई मध्यनर गरि शिक्षादिक्षा दिने तथा पालनपोषण गर्ने प्रतिबद्वता जनाउनु भएको हो । केही दिन अघि गणेश ओलि घरको माथिल्लो भिरालोमा घास काटन गएका बेला लडेर सिकिस्त घाइते भएका थिए, घाईते भएका उनलाई सायलदेखि अस्पताल लैजाने क्रममा कोराल खोलामा मृत्युु भएको थियोे । गणेशको मृत्यु भएपछि ति बालबालिकाहरु बिचल्ली अवस्थाको रहेको खबर समाजसेवी तेजबहादुर डुम्रेलको फेसबुकमा खबर पाएपछि उद्वारका लागि तयार रहेको अध्यक्ष मलासिले बताउनुभयो ।