नेकपा (माओवादी केन्द्र) आदर्श–४ देहिमाण्डौंको अध्यक्षमा बिष्ट
![](https://muluknews.com/wp-content/uploads/2023/06/swasthy-doti.jpg.webp)
![Sayalb](https://muluknews.com/wp-content/uploads/2024/05/sayalb.jpeg)
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आदर्श गाउँपालिका वडा नंं. ४ देहिमाण्डौैको अध्यक्षमा दिलबहादुर बिष्ट चयन भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) आदर्श गाउँ कमिटिले संगठन बिस्तारको कार्यक्रम सुरु गरेको छ ।
कमिटी बिस्तारको पहिलो दिन देहिमाण्डौंमा बिष्टको अध्यक्षतामा ३६ सदस्यीय कमिटि गठन गरिएको माओवादी केन्द्रका आदर्श गाउँ कमिटि अध्यक्ष तपेन्द्रबहादुर बोहराले जानकारी दिए ।
दिलबहादुर बिष्टको अध्यक्षतामा गठन गरिएको कमिटिको उपाध्यक्षमा इन्द्रदेब अवस्थी र सचिबमा झेउरे नागरी चयन गरिएको अध्यक्ष बोहराले बताउनु भएको छ ।
पार्टी केन्द्रद्धारा वडा तहसम्मका कमिटि बिस्तार गर्ने निर्णय गरेसंगै माओवादी केन्द्रले गाउँ तहका कमिटि बिस्तार गर्ने क्रममा रहेको छ । आदर्श गाउँपालिकामा निरन्तर रुपमा संगठन बिस्तारको काम हुने बोहराले जानकारी दिनु भएको छ ।
![Shaileshwori](https://muluknews.com/wp-content/uploads/2022/09/saileshwori.gif)