दशैँमा बोगटान फुड्सिल गाउँपालिकाका विद्यालयमा ६ दिन मात्रै पठनपाठन नहुने

डोटीको बोगटान फुड्सिल गाउँपालिकाका विद्यालय यो वर्ष दशैँमा ६ दिन मात्रै बन्द हुने भएका छन् । कोभिड–१९ महामारीका कारण चालु शैक्षिक शत्रमा विद्यालयमा लामो समय सम्म पठनपाठन हुन सकेन् । भदौ २० गतेबाट सञ्चालनमा आएका यहाँका विद्यालयमा पठनपाठन हुन थालेको एक महिना पनि भएको छैन् । यसै कारण छोटो दशै विदा दिईएको बोगटान फुड्सिल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा संयोजक खेम बहादुर साउँदले बताए ।

Sayalb

असोज २६ गते देखी असोज ३१ गते सम्म विद्यालयमा पठनपाठन नहुने र कार्तिक १ गतेबाट पुनः विद्यालय सञ्चलन गर्न पालिकामा रहेका सबै सामुदायिक विद्यालयलाई निर्देशन दिईएको साउँदले बताउनुभयो । यो भन्दा पहिलेका वर्ष दशै र तिहार गरेर एक महिना भन्दा लामो समय विदाँ दिईने गरिएको थियो ।

Shaileshwori
Loading...