बडी केदार दर्शन गर्न आउँदै माधव नेपाल र प्रेम आले

डोटी : सुदूरपश्चिम प्रदेशकै महत्त्वपूर्ण शक्तीपिठको रूपमा रहेको मेलामा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल सरकारका संस्कृत पर्यटन तथा नागरिक उड्ययन्त्र मन्त्री प्रेमबहादुर आले मगर डोटी आउन लाग्नुभएको छ । उहाँहरु बडी केदार दर्शनका लागी मध्यान्ह १२ बजे बडीकेदार आई पुग्ने कार्यक्रम रहेको पर्यटन मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनु भएको छ ।

कार्तिक ३० गते (हिजो) राती र १ मङ्सिर (आज) दिउँसो मेला लाग्ने गरेको छ । बडी केदार दर्शन गरेमा मनोकामना पुरा हुने गरेको भन्दै भारत तथा देशका विभिन्न ठाउँबाट बडी केदार दर्शन गर्न भक्तजनहरू आउने गर्दछन् । डोटीबाट निर्वाचित मन्त्री प्रेमबहादुर आले मगर नियमित रूपमै बडी केदारको दर्शन गर्ने गरेका छन् ।
सङ्गठन बिस्तारमा जुटेका पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि समय मिलाएर बडिकेदार दर्शनका लागी बडी केदार आउन लागेका हुन ।
