प्रदेश विश्वविद्यालय तथा उच्च शिक्षा सम्बन्धी अध्ययन कार्यदल टोली डोटीमा

डोटी– आज उच्च शिक्षा नीति तथा प्रादेशिक विश्वविद्यालयको छलफलका लागि प्रदेश विश्वविद्यालय तथा उच्च शिक्षा सम्बन्धि अध्ययन कार्यदल टोली डोटीमा पुगेको हो।

सुदुरपश्चिममा विश्वविद्यालयको संख्या प्रयाप्त मात्रामा भएता पनि पछिल्लो समयमा आवश्यक जनशक्ति उत्पादन गर्ने विद्यालय प्राप्त मात्रामा नभएकोले अबको समाजमा आबश्यक जनशक्ति उत्पादन गर्नको लागि थप प्राबिधिक विश्वविद्यालयको आवश्यकता रहेकोले सम्भाब्यता अध्ययन गर्नको लागी प्रदेश विश्वविद्यालय तथा उच्च शिक्षा सम्बन्धि अध्ययन कार्यदल डा.हेमराज जोशि संयोजकत्वमा टोली डोटी पुगेको हो ।

अवको समाजको लागि आवश्यक शिक्षा प्रणाली कस्तो हुनुपर्छ, भन्ने लगायतका विषयमा जिल्ला स्थित बिद्यालय, क्याम्पस, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि हरुको धारण लिईएको थियो ।

विद्यालय स्तर बाटै शैदान्तिक शिक्षा भन्दा ब्याबहारिक शिक्षा लाई जोड दिए शिक्षा क्षेत्रमा परिवर्तन ल्याउ सकिने नेकपा माओबादी केन्द्र प्रदेश कमिटी सदस्य केवि साउदले बताउनुभयो ।
निजि विद्यालयमा शिक्षाको सिकाइ स्तर प्रभावकारी हुने तर लोकसेवा पास गरेर आएका सरकारी विद्यालयका शिकाई स्तर न्युन हुने कारण खातलेर सरकारले नीति पारित गर्नुपर्ने प्रदेश कमिटी सदस्य साउदले बताउनुभयो ।

प्रदेश सरकारले उच्च शिक्षा नीति निर्माण गरेर सुदुरपश्मेली समुदायलाई पाएक पर्ने ठाउँमा प्रादेशिक विश्वविद्यालय स्थापना गरिनुपर्ने डोटी बहुमुखी क्याम्पस प्रमुख दिलानन्द जोशिले बताउनुभयो ।

Sayalb

सरकारले हाल सम्म उच्च शिक्षा सम्बन्धी नीति निर्माण गर्न नसक्दा विभिन्न झमेला खेप्दै आउनु परेकोले प्रदेश सरकारले विश्वविद्यालय निर्माण गर्दा अरु विश्वविद्यालय भन्दा फरक सम्बन्धि ठाउमा उपयुक्त हुने किसिमको करिकुलम निर्माण गरेर अध्यापन गराउनु पर्ने क्याम्पस प्रमुख जोशिले बताउनुभयो ।

गुणस्तरीय शिक्षाको अभावमा उत्पादन भएका जनशक्तिले विदेश पलायन हुनुपर्ने बाध्यता रहेकोले प्रदेश सरकारले शिक्षा सम्बन्धि नीति निर्माण गर्दा सम्बन्धित ठाउँको आवश्यकता अनुसारको शिक्षा प्रणालीको विकास गर्नुपर्ने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासिले बताउनुभयो ।

प्रदेश स्तरीय विश्वविद्यालयका लागि डोटी जिल्ला उपयुक्त स्थान भएकोले जिल्लाको जुनसुकै स्थानमा पनी विश्वबिद्यालय निर्माण गर्न सकिने प्रमुख मलासीले बताउनुभयो ।

प्रदेश विश्वविद्यालय तथा उच्च शिक्षा  सम्बन्धि अध्ययन कार्यदल धनगढी कैलालीको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम दिपायल सिलगढी नगरपालिकाको शभाहलमा राखिएको थियो ।

Shaileshwori
Loading...