Before Header
After Navigation

बडिकेदार व्यवस्थापन समितिद्धारा धन्यवाद ज्ञापन

डोटी : बडिकेदार छेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले सुदुरपश्चिाकै प्रमुख धार्मिक एवं प्रयटकिय तिर्थ स्थल ठुलाकेदारमा दर्शन गर्न पुगेका विभिन्न व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरेको छ । समितिका अध्यक्ष देव वहादुर वोहराले सामाजिक सञ्जाल फेसबुक मार्फत धन्यवाद ज्ञापन गर्नुभएको छ ।

मेलामा पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाल सरकार संस्कृति प्रयटन तथा नागरिक उड्डयन मन्त्री प्रेम वहादुर आलेमगर, आलेका स्वकीय सचिव हेमन्त रेग्मी मेलामा सहभागी हुन हेलिकप्टर मार्फत यहाँ पुग्नु भएको थियो ।

Sagan sahari bhawan nirman aayojana

त्यस्तै संघिय सांसद गंगा चौधरी, बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमल वहादुर गडसिला, चुरे गाउँपालिका अध्यक्ष धन वहादुर रोका, घोडाघोडी नगरपालिका उपप्रमुख लगायतका जनप्रतिनिधि पनि बडिकेदारको दर्शन गर्न पुगेका थिए ।

“देशका विभिन्न ठाउँबाट ठूलो आस्था र भक्तिका साथ पाल्नु भयका सम्पूर्ण भक्तजनहरू तपाईहरू जुन आस्था र भक्तिका साथ यस छेत्रमा पाल्नु भो र खट्नुयो श्री केदार वावाले सबैको मनोकामना पूरा गरून व्यपस्थापन समितीका अध्यक्ष बोहराले भन्नुभयो, तपाईहरूको साथ सहयोग यसरि नै मिलि रहनेछ वडिकेदार छेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति सदैव तपाईहरूको सहयोग प्रति रिणी छ ।”

साथै मेलालाई सु–व्यवस्थित र सभ्य भव्य पार्न महत्वपूर्ण भुमिका खेल्ने इलाका प्रहरी कार्यालय विपिनगर, प्रहरी कार्यालय खड्यौलि, प्रहरी कार्यालय घाङ्गल लगायतका सुरक्षाकर्मी, मेला व्यवस्थित पार्न गठन गरिएका विभिन्न उपसमिति, स्वयमेवक, पुजारी धामी, भराणीलाई पनि समितीले धन्यवाद व्यक्त गरेको छ ।
बडिकेदार मेला यहि कार्तिक ३० गते सुरु भैइ २ गते सम्पन्न भएको थियो ।

Shaileshwori
Loading...