ट्रकको ठक्करबाट कैलालीमा एक महिलाको मृत्यु, ट्रकमा आगजनी

कैलाली : कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बिहिवार पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको लम्की बजारमा ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिँदा टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमले बताए ।

Sagan sahari bhawan nirman aayojana

ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि लम्कि बजार तनावग्रस्त बनेको छ । भिड नियन्त्रण गर्न प्रहरीले आधा दजर्न बढी सेल अश्रुग्यास प्रहार गरेको छ । स्थानियले महिलालाई ठक्कर दिने ट्रकमा आगजनी गरेका छन् । अहिले लम्किबजार सहित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।

Shaileshwori
Loading...